परीक्षणको क्रममा देखियो टाटा ह्यारियर ईभी
भारतीय बजारमा टाटाले चाँडै नै ईभी सेगमेन्टमा नयाँ ह्यारियर ईभी प्रस्तुत...
टाटा मोटर्सले आफ्नो लोकप्रिय बिद्युतीय एसयुभी नेक्सन र कर्भको ब्याट्रीमा लाइफ टाईम वारेन्टि प्रदान गर्ने भएको छ । कम्पनिले नेक्सनको ४५ किलोवाट आवर भेरिएन्ट र कर्भ ईभीमा असीमित किलोमिटर कभर गर्ने लाइफटाइम ब्याट्री वारेन्टी प्रदान गरेको हो ।
यो सुबिधा निजी व्यक्तिगत ग्राहक र पहिलो पटक कार खरिद गर्नेहरुका लागि विस्तार गरिएको हो । कम्पनिले हालै लन्च गरेको बिद्युतिय एसयुभी ह्यारियर ईभीको ब्याट्रीमा यसअघि नै लाइफटाईम वारेन्टि प्रदान गर्ने घोषणा गरेको थियो ।
ब्याट्री स्वास्थ्य र प्रतिस्थापन लागत एक प्रमुख चिन्ताको विषय रहँदै आएको सन्दर्भमा यसको दिर्घकालिन समाधानका लागि लाइफटाइम र असिमित किलोमिटर वारेन्टी प्रदान गरिएको कम्पनीको भनाई छ ।
टाटाका अनुसार, यस नयाँ प्रावधानले ईभीको रिसेल भ्यालु बढाउन मद्धत गर्नेछ भने ब्याट्री रिप्लेसमेन्टका लागि खर्चिनु पर्ने ठूलो रकम समेत वचत गराउनेछ । ब्याट्रीमा लाइफ टाईम वरेन्टिको अतिरिक्त टाटा मोटर्सले नेक्सन ४५ किलोवाट आवर भेरिएन्ट र कर्भ ईभी प्रयोग गर्ने ग्राहकका लागि विशेष लोयल्टि कार्यक्रम समेत घोषणा गरेको छ ।
लाइफ टाईम वारेन्टि प्रदान गरिएका टाटा नेक्सन र कर्भ ईभी नेपाली बजारमा समेत उपलब्ध छन् । भारतमा लागु भएको यस नयाँ प्रावधानले नेपालमा टाटाका यी मोडल खरिद गर्न ग्राहकलाई समेत फाइदा पुग्ने देखिन्छ ।
भारतीय बजारमा टाटाले चाँडै नै ईभी सेगमेन्टमा नयाँ ह्यारियर ईभी प्रस्तुत...
काठमाडाैं – नेपालका लागि टाटा माेटर्सकाे आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...
टाटा मोटर्सले आफ्नो लोकप्रिय विद्युतीय एसयूभी पन्च ईभीलाई अपडेट गरेकोे छ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...