विराटनगर यातायात कार्यलयद्वारा चालक अनुमति पत्र प्रदान सुरु

काठमाडौं– यातायात व्यवस्था कार्यालय विराटनगरले अवरुद्ध सवारीचालक अनुमति पत्र(लाईसेन्स) प्रदान सेवा सञ्चालनमा ल्याएको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा यातायात व्यवस्था विभागको ‘सर्भर’ प्रणालीमा क्षति पुगी रोकिएको सेवा पुनः सञ्चालनमा आएको हो ।

विभागको सर्भर सञ्चालन भएपछि सेवा सुचारु गरिएको कार्यलय स्रोतले जनाएको छ । चालक अनुमति पत्रका लागि लिखित तथा ‘ट्र्याल’ परीक्षा समेत सुरु गरिएको छ । कार्यालयले गत भदौ ३० गतेदेखि सवारी दर्ता, सवारी दर्ता खारेज, दर्ता खारेज, नामसारी तथा सवारी लगत कट्टालगायत सेवा सुरु गरे पनि सवारीचालक अनुमति पत्रसम्बन्धी सेवा भने सञ्चालनमा ल्याउन सकेको थिएन ।

कार्यालयमा सबै प्रकारको सेवा लिन दैनिक १५० देखि २०० जना सेवाग्रही आउने गरेको छन् । कार्यालयले हप्तामा तीनपटक सवारीचालक अनुमति पत्रका लागि परीक्षा लिँदै आएको छ ।

कार्यालयले दुई तथा चारपाङ्ग्रे सवारीसाधनसहित सबै प्रकारको सवारीसाधनका लागि सवारीचालक अनुमति पत्र उपलब्ध गराउँदै आइरहेको छ । विराटनगर कार्यालयले विसं २०७९ साउनदेखि सवारीचालक अनुमति पत्रसम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ ।

सम्बन्धित समाचारहरू

रोड टेष्ट गरेर मात्र लाइसेन्स दिनुपर्छ : गृहमन्त्री लामिछाने

रोड टेष्ट गरेर मात्र लाइसेन्स दिनुपर्छ : गृहमन्त्री लामिछाने

काठमाडौं– उपप्रधानमन्त्री एबं गृहमन्त्री रवि लामिछानेले रोड टेष्ट गरेर...

सवारी चालक अनुमतिपत्र परीक्षा खुकुलो, पास दर कम्तिमा ५० प्रतिशत पुग्ने अपेक्षा

सवारी चालक अनुमतिपत्र परीक्षा खुकुलो, पास दर कम्तिमा ५० प्रतिशत पुग्ने अपेक्षा

सवारी चालक अनुमतिपत्रका लागि लिइने परीक्षामा सहभागीमध्ये एक तिहाईभन्दा...

लाइसेन्स छापिए पछि मोबाइलमा एसएमएस आउने, जानकारी नआउँदै कार्यालय नजान अनुरोध

लाइसेन्स छापिए पछि मोबाइलमा एसएमएस आउने, जानकारी नआउँदै कार्यालय नजान अनुरोध

काठमाडौं – यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र अर्थात...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...