अब लाइसेन्स छपाइ प्रदेश सरकारले नै गर्ने, सबै प्रदेश सरकार तयार

काठमाडौं । आगामी साउन १ गतेदेखि सवारी चालक अनुमति पत्र छपाई गर्न सबै प्रदेश सरकार तयार भएका छन् । यातायात व्यवस्था विभागले हाल सम्म छपाई गर्न बाँकि सवारी चालक अनुमतिपत्रको छपाई गर्ने र आगामी बैशाख १ देखि साउन १ गते सम्ममा सवै प्रदेशले सवारी चालक अनुमति पत्रको छपाई गर्ने गरि निर्णय भएको हो ।

मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सातै प्रदेशका यातायात सम्वद्ध मन्त्री र सचिव सहितको विषयगत समितिको बैठकले सो निर्णय गरेको हो । सवै प्रदेशबाट जारी हुने सवारी चालक अनुमति पत्रमा एकरुपताका लागि यातायात व्यवस्था विभागले चालक अनुमति पत्रको ढाँचा समेत तयार पारेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा भएको बैठकले राईड शेयरिङ्लाई व्यवस्थित गर्न र प्रदेशहरु विच नीतिगत समन्वय गरि एकरुपता गर्न प्रदेश सरकारको सहभागीतमा संघीय सरकारले नीतिगत व्यवस्था गर्ने र सम्वन्धित प्रदेशले लागू गर्ने निर्णय गरेको छ ।

यसैगरी यातायात क्षेत्रमा हुने भुक्तानी प्रणालीलाई विद्युतीय बनाउने र आगामी चैत मशान्त भित्र सवै प्रदेशबाट विद्युतीय भुक्तानी प्रणाली शुरु गर्ने निर्णय भएको छ ।

प्रारम्भमा विद्युतीय सवारी चालक अनुमति पत्र–‘ईडीएल’ मा यो लागू हुने र क्रमश भुक्तानीका सबै क्षेत्रमा लागू गर्ने निर्णय भएको हो । विभिन्न महत्वपूर्ण विषयहरुमा निर्णय गर्दै बैठक सम्पन्न भएको हो । बैठकले अघिल्लो वैठकका निर्णयहरुको समिक्षा गरेको थियो भने पछिल्लो बैठकका निर्णय कार्यान्वयनको पनि नियमित समिक्षा हुने जनाइएको छ । सवारी चालक अनुमति छपाई प्रदेशबाटै गर्नुका साथै ईम्बोष्ड नम्बर जडानलाई तिव्रता दिन समेत प्रदेशका मन्त्री तथा सचिवहरुले प्रतिवद्धता जनाए ।

सम्बन्धित समाचारहरू

निषेधाज्ञा प्रभाव : अनिश्चित कालका लागि बन्द भयो ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन

निषेधाज्ञा प्रभाव : अनिश्चित कालका लागि बन्द भयो ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन

काठमाडौं – आगामी वैशाख १६ गतेदेखि अनिश्चितकालका लागि सवारी चालक...

कुन सवारी साधनको वार्षिक कर कति ? कहिले सम्म तिर्दा जरिवाना लाग्दैन ?

कुन सवारी साधनको वार्षिक कर कति ? कहिले सम्म तिर्दा जरिवाना लाग्दैन ?

कुनै पनि सवारी साधन चालकले वार्षिक रुपमा सरकारलाई कर तिर्नु पर्छ । हाल...

ड्राइभिङ लाइसेन्सका लागि नेपाल आइपुग्यो ६ लाख स्मार्ट कार्ड, ६ लाख ४५ दिनभित्र आइपुग्ने

ड्राइभिङ लाइसेन्सका लागि नेपाल आइपुग्यो ६ लाख स्मार्ट कार्ड, ६ लाख ४५ दिनभित्र आइपुग्ने

यातायात व्यवस्था विभागले चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) को लागि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...