लाइसेन्सको अनलाइन आवेदनमा समस्या, विभाग भन्छ,‘केही हप्तामै समस्या समाधान हुन्छ’

काठमाडौं– लामो समयपछि सुचारु भएको सवारी चालक अनुमति पत्र (लाइसेन्स) को अनलाइन आवेदनमा समस्या देखिएको छ । १० महिनापछि गत मंगलबारबाट पुनः सुचारु भएको लाइसेन्सको अनलाइन आवेदनमा समस्या देखिएको हो ।

कोभिड–१९ को महामारीका कारण भएको लकडाउनसँगै बन्द भएको लाइसेन्सको अनलाइन आवेदन करिव १० महिनापछि खुलेको हुनाले सिस्टममा समस्या देखिएको यातायात व्यवस्था विभागका सूचना अधिकारी डा. लोकनाथ भुसालले जानकारी दिए ।

विभागले आइतबारदेखि बुधबारसम्म लाइसेन्सको अनलाइन आवेदन भर्ने व्यवस्था मिलाएको छ । तर, धेरैले बिहिबार, शुक्रबार, शनिबार पनि फर्म भर्ने प्रयास गरेकाले समस्या देखिएको र अरु दिन पनि एकैपटक धेरैजनाले फर्म भर्ने भएकाले सिस्टममा समस्या देखिएको डा. भुसाल बताउँछन् ।

यस्तै, विभागले एउटा यातायात कार्यालयबाट हप्तामा १ सय वटा मोटरसाइकल र ५० वटा गाडीको कोटा तोकेको छ । ‘यातायात कार्यालयमा भीडभाड नहोस् भनेर यो कोटा तोकिएको हो तर, तोकिएको भन्दा धेरै मानिसहरुले एकैपटक अनलाइनमा आवेदन दिने भएकाले यसमा समस्या देखिएका हो,’ उनले भने, ‘यो समस्या बिस्तारै हट्छ अब २–३ हप्तामै सहज भैहाल्छ ।’
यो हप्तामा मात्र ५ हजार जनाले अनलाइन आवेदन भरेको विभागले जनाएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...