खुकुलो मौद्रिक नीतिको पर्खाईमा अटोमोबाइल व्यवसायी, भन्छन् – बिक्री बढ्न सकेन

काठमाडौं – सरकारले बजेट तथा अन्य नीतिमार्फत विभिन्न व्यवस्था गरे पनि अटोमोबाइल व्यवसायीले राहत महसुस गर्न सकेका छैनन् । लगातार रुपमा लागिरहेको आयात प्रतिबन्ध खुला भए पनि त्यसको प्रत्यक्ष असर देखिन सकेको छैन । यो अवस्थामा आगामी दिनमा सार्वजनिक हुने मौद्रिक नीतिले मात्र केही राहत प्रदान गर्ने आशामा उनीहरु रहेका छन् ।

विदेशी मुद्रा सञ्चितिमा दबाब पर्न थालेपछि आर्थिक वर्ष २०७८/७९ को अन्त्यतिर सरकारले अटो कर्जासम्बन्धी व्यवस्थामा कडाइ गर्‍यो । त्यसको केही समयपछि अटोमोबाइलको आयातमै सरकारले प्रतिबन्ध लगायो । कर्जामा कडाइ र आयात प्रतिबन्धले अटोमोबाइल व्यवसाय नै धराशयी बन्न पुग्यो ।

अटोमोबाइल व्यवसायीको दबाब र वैदेशिक मुद्रा सञ्चितिमा सुधार आएपछि सरकारले आयात प्रतिबन्ध हटाइसकेको छ । तैपनि अटोमोबाइल्सको विक्री बढ्न नसकेको व्यवसायी बताउँछन् ।

हाल बजारमा रहेको आर्थिक शिथिलता र क्रयशक्तिमा आएको कमीको प्रत्यक्ष असर यो व्यवसायमा पुगेको छ । त्यसैगरी मौद्रिक नीति समेत कसिलो बनेको कारण झनै असहज भएको छ ।

यो अवस्थामा मौद्रिक नीतिमार्फत अटो कर्जामा जोखिम भार कम गर्न र हायर पर्चेज कर्जाको सीमा बढाउन सरकारलाई सुझाव दिएको छ । गतवर्षबाट वृद्धि भई १५० प्रतिशत कायम भएको अटो कर्जाको जोखिम भारलाई पुरानै ७५ प्रतिशत कायम गर्नुपर्ने नाडाको माग छ । नाडाले हायर पर्चेज कर्जाको सीमालाई पनि अहिलेको ५० प्रतिशतबाट बढाएर ८० प्रतिशत कायम गर्न आग्रह गरेको छ । पहिले पनि हायर पर्चेज कर्जाको सीमा ८० प्रतिशत नै थियो ।

बैंक तथा वित्तीय संस्थामा तरलताको अवस्था सुधार भइसक्दा पनि उच्च जोखिम भारका कारण अटोमोबाइल क्षेत्रमा लगानी नआएको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापा बताउँछन् ।

यो अवस्थामा आगामी दिनमा आउने मौद्रिक नीतिले केही सम्बोधन गरेमा यो व्यवसायलाई अगाडि बढाउन सहयोग पुग्ने व्यवसायीहरुको भनाइ छ ।

सम्बन्धित समाचारहरू

नाडा अध्यक्ष बन्ने भए करण चौधरी, सहमतिमै कार्यसमिति बनाउने प्रयास

नाडा अध्यक्ष बन्ने भए करण चौधरी, सहमतिमै कार्यसमिति बनाउने प्रयास

काठमाडौं – अटोमोबाइल व्यवसायीहरुको छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन...

प्रतिबन्धका कारण अटो शो सर्न सक्ने नाडा अध्यक्ष थापाको भनाइ

प्रतिबन्धका कारण अटो शो सर्न सक्ने नाडा अध्यक्ष थापाको भनाइ

अटोमोबाइल व्यवसायीहरुको छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले...

नाडा कार्यसमितिको पहिलो बैठक आज, पदाधिकारी चयन हुने

नाडा कार्यसमितिको पहिलो बैठक आज, पदाधिकारी चयन हुने

काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालमा हालै निर्वाचित नयाँ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...