आज देखि पहिलो पटक एफआईएमको मार्सल तालिम काठमाडौंमा शुरु हुँदै, आइपुगे अन्तर्राष्ट्रिय प्रशिक्षक
काठमाडौं – नेपालमा पहिलो पटक फेडरेसन इन्टरनेसनल डी मोटोसाइक्लिजम (एफआईएम)...
लुइस ह्यामिल्टनले रोमान्चक मोडमा लुइस भेर्सटापनलाई हराएर स्पेनिस ग्रान्ड प्रिक्स (ग्रांपी) जितेका छन् । आइतबार सम्पन्न सो प्रतिस्पर्धामा तेस्रो स्थानमा मर्सिडिज ड्राइभर भाल्टेरी बोटास रहे ।
ह्यामिल्टनले पोल पोजिसनमा सुरुवात गरेका थिए, तर केही समयमै भेर्सटापनले उनलाई पछि छोडे । फेरि पोल पोजिसन पुग्न ६ ल्याप मात्र बाँकी रहदा ह्यामिल्टन अगाडि बढेका थिए ।
शनिबार आफ्नो करियरमा १०० पटक पोल पोजिसन पुगेका ह्यामिल्टनले ९८औं जित हात पारेका हुन् । यो भन्दा पहिले ६ पटक स्पेनिस ग्रांपी जितेका माइकल शुमाकरको बराबर उपलब्धि ह्यामिल्टनले समेत हासिल गरेका छन् ।
लुइस ह्यामिल्टन बेलायती रेसिङ कार ड्राइभर हुन् । उनले हाल मर्सिडिजमार्फत फर्मुला वान रेसिङमा प्रतिस्पर्धा गरिरहेका छन् । स्पेनको सर्किट डे बार्सिलोना–काटालुनियामा सो रेसिङ भएको थियो । यो २०२१ फर्मुला वान वर्ल्ड च्याम्पियनसिपको चौथो चरण थियो ।
काठमाडौं – नेपालमा पहिलो पटक फेडरेसन इन्टरनेसनल डी मोटोसाइक्लिजम (एफआईएम)...
चितवन – चितवनको भरतपुरमा सम्पन्न नेपाल रोड रेसिङ च्याम्पियनसिप राउन्ड...
भारतमा सेप्टेम्बर २२ देखि सेप्टेम्बर २४, २०२३ सम्म मोटोजीपी रेस हुने भएको छ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...