सडकमा गुड्दै गर्दा यस्ता कुरामा ध्यान दिऔं

सडकको दुरावस्था, अपर्याप्त सडक फर्निचर र ट्राफिक नियमको बेवास्ताका कारण सर्वसाधारणको ‘सडकयात्रा’ जोखिमपूर्ण बन्दै गएको छ । सवारी आयात र दर्ताको अनुपातमा लामो/छोटो तथा स्थानीय सडकको अवस्था खस्कदै जानु र ‘उचित ट्राफिक व्यवस्थापन’को अभावले ‘सडकयात्रा’ जोखिमपूर्ण बन्दै गएको हो । यसबाट सर्वसाधारणहरुले भौतिक तथा मानवीय क्षति र ट्राफिक समस्या व्यहोर्न बाध्य छन् । त्यसैले असुरक्षित सडकलाई सुरक्षित बनाउन तथा सडक प्रयोगकर्ताले निर्धक्कसँग सडक सवारीको उपभोग गर्न सक्ने अवस्थाको सिर्जना गर्न सडकमा गुड्दै गर्दा तपाईँले पनि यी कुराहरुमा ध्यान दिनु आवश्यक छ ।

१. सवारी साधनको वरिपरी चेकजाँच नगरी इन्जिन चालू नगर्नुहोस् ।
२. सिटबेल्टको सदैव प्रयोग गर्नुहोस् । सिटबेल्टले बर्सेनि हजारौंको जीवन सुरक्षित गरेको छ ।
३. खतरापूर्ण अवस्थाबाट बच्न सुरक्षित दुरी (Breaking Distance) कायम गरी सवारी चलाउनुहोस् ।
४. खराब वातावरण र रातीको समयमा विस्तारै सवारी चलाउनुहोस् ।
५. सधैँ सीमित गतिमा सवारी चलाउनुहोस् ।
६. सधैँ सडकमा आफ्नो ध्यान केन्द्रित गर्नुहोस् र पैदलयात्रु, पाल्तु जनावर तथा सडकको अवस्थाका बारेमा सचेत नजर राख्नुहोस् ।
७. सधैँ चनाखो भएर सवारी चलाउनुहोस् । अप्रत्यासित अवस्थाको कल्पना गर्नुहोस् र त्यसबाट बच्ने योजना बनाइराख्नुहोस् ।
८. यदि तपाईँ अनिदो, थकान र नशामा हुनुहुन्छ भने सवारी कहिल्यै नचलाउनुहोस् ।
९. बेलाबेलामा लुकिङ्ग ग्लासबाट आफु पछाडिको सवारीको स्थिति जाँच गर्नुहोस् । याद राख्नुहोस् त्यो तपाईको तेश्रो आँखा हो ।
१०. ट्राफिक नियम, चिन्ह तथा संकेतहरुको जानकारी राख्नुहोस् र यात्राका बखत सदैव पालना गर्नुहोस् । अन्य सवारी साधनहरुसँग अस्वस्थ प्रतिस्पर्धा नगर्नुहोस् । अरु चालकको सम्मान गर्नुहोस् ।
११. सधैँ आफू अगाडी, पछाडि र छेउछाउको सवारी साधनको अवस्था प्रति सजग र सचेत रहनुहोस् ।
१२. कहाँसम्मको यात्रा हो ? कुन सडकको प्रयोग गर्ने ? पहिल्यै स्पष्ट र योजना सहित हिंड्नुहोस ।
१३. सवारी चलाउँदा अन्य सडक प्रयोगकर्ताहरुले समेत तपाईले गरेका क्रियालापहरुको बारेमा थाहा पाउनु जरुरी हुन्छ । तपाईँ कुन दिशा तर्फ जाने हो ? तपाईँ दाँया मोड्ने, बायाँ मोड्ने, लेन परिवर्तन गर्ने वा रोक्ने आदि सम्बन्धमा पैदल यात्रु, मोटरसाइकल चालक वा अन्य सवारी चालकहरुलाई समेत पूर्वजानकारी हुनु जरुरी हुन्छ, अन्यथा दुर्घटना हुने प्रबल सम्भावना रहन्छ ।

सम्बन्धित समाचारहरू

काठमाडौंको सडकमा एउटै नम्बर प्लेटका पाँच बाइक

काठमाडौंको सडकमा एउटै नम्बर प्लेटका पाँच बाइक

काठमाडौँ उपत्यकाबाट एउटै नम्बर प्लेट भएका ५ वटा बाइकसहित दुई जनालाई...

दशैं विदा सकिए लगत्तै बढ्यो काठमाडौं उपत्यका भित्रिने नाकामा गाडीको चाप

दशैं विदा सकिए लगत्तै बढ्यो काठमाडौं उपत्यका भित्रिने नाकामा गाडीको चाप

दशैँ बिदामा बन्द रहेका सरकारी तथा सार्वजनिक कार्यालय आजदेखि खुल्दैछन् ।...

किन घट्यो दशैमा घर जाने मानिसको संख्या ? यस्तो छ यातायात विज्ञ गजुरेलको तर्क

किन घट्यो दशैमा घर जाने मानिसको संख्या ? यस्तो छ यातायात विज्ञ गजुरेलको तर्क

काठमाडौँ – दशै सुरू भएसँगै सधैजसो राजधानी बाहिर जान तछाडमछाड गर्ने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...