ब्रायन लाराले गरे डीपलको आधिकारिक ब्याटमा हस्ताक्षर

काठमाडौं– क्रिकेटको उमंग र विशिष्टताले भरिएको एउटा सुमधुर साँझ मनाउने क्रममा नेपाल क्रिकेट संघ (क्यान) सँगको सहकार्यमा डिपल ईभीको नेपालका लागि आधिकारिक वितरक चाङ्गान नेपालले महान क्रिकेटर ब्रायन लाराको सम्मानमा एक कार्यक्रम आयोजना गरेको छ ।

याक एण्ड यति होटलमा आइतवर आयोजित उक्त भेलामा क्यानका पदाधिकारी, एनपीएलका टिम सञ्चालक, क्रिकेटर तथा डीपलका ग्राहकहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

विशेष कार्यक्रममा क्रिकेट लिजेण्ड ब्रायन लाराले क्यानका सचिव तथा डीपल ईभीका ब्रान्ड एम्बेसडर पारस खड्का र नेपालमा डीपलका मालिक विष्णुकुमार अग्रवालको उपस्थितिमा डीपलको क्रिकेट ब्याटमा हस्ताक्षर गरेका गरेका हुन् ।

कार्यक्रममा क्रिकेट लिजेन्ड लाराले प्रख्यात क्रिकेट होस्ट एन्ड्रयू लियोनार्डसँग क्रिकेटप्रतिको आफ्नो लगाव र अविस्मरणीय कथाहरू साझा गरे । एनपीएलका क्रिकेटरहरू र अन्य क्रिकेट उत्साहीहरूले ब्रायन लारासँग उनको विरासत र क्रिकेट करियरका बारेमा कुराकानी गरे ।

इतिहासकै महान क्रिकेटरहरू मध्ये एकका रूपमा लोकप्रिय ब्रायन लाराको उपस्थिति र उनको सफल करियरका कथाहरूले दर्शकहरूलाई मोहित बनाएको थियो । आफ्नो देशभन्दा टाढाका प्रशंसकहरूसँग घुलमिल हुने उनको क्षमताले उक्त साँझलाई साँच्चै विशेष बनाएको आयोजक कम्पनी चांगन नेपालले जनाएको छ ।

नेपालमा बढिरहेको क्रिकेटको उत्साहलाई मनाउन र जारी नेपाल प्रिमियर लिग (एनपिएल) को प्रवर्द्धनका लागि नेपाल आएका लाराको सम्मानमा कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमको केन्द्रबिन्दुको रूपमा रहेका लाराले उपस्थितहरूका लागि दीर्घकालीन सम्झना र वर्षौंसम्म सम्झिने भावनात्मक सम्बन्धको चिनो स्वरूप डीपल क्रिकेट ब्याटमा हस्ताक्षर गरेका थिए । कार्यक्रमले नेपालको क्रिकेटप्रतिको माया र यसको बढ्दो विश्वव्यापी मान्यतालाई समेटेको थियो ।

डीपल १६२ वर्षको विरासत भएको चीनको सबैभन्दा पुरानो अटोमोबाइल कम्पनी चाङ्गानको भविष्यवादी र बुद्धिमानी उप–ब्रान्ड हो। ८ महिनाअघि नेपालमा लन्च गरेपछि डीपल इभीका ६५० युनिटहरू बिक्री भइसकेका छन् जसमा गाडीहरू मुख्यतया यसको डिजाइन र प्रविधिका कारण ग्राहकको रोजाइमा परेका छन्।

डीपल ईभीजमा वेलकम सिट, सनफ्लावर टचस्क्रिन, अग्मेन्टेड रियालिटी हेड–अप डिस्प्ले, जेस्चर कन्ट्रोल तथा हेडरेस्ट र आउटडोर स्पिकरहरू लगायत १५ भन्दा बढी पहिलो पटक आविष्कार गरिएका फिचरहरू छन् जसले यसलाई छोटो अवधिमा नेपाली बजारमा सबैभन्दा लोकप्रिय ईभी बनाएको छ।

सम्बन्धित समाचारहरू

‘अल न्यू दिपल ई०७ – ट्रान्सफर्मर एक्स’ नेपालमा सार्वजनिक, यस्तो छ मूल्य र विशेषता

‘अल न्यू दिपल ई०७ – ट्रान्सफर्मर एक्स’ नेपालमा सार्वजनिक, यस्तो छ मूल्य र विशेषता

काठमाडौं– एमएडब्लु वृद्धिले हालसम्मकै सबैभन्दा एड्भान्स्ड र अपग्रेडेड...

चांगनले ल्यायो सोडियम–आयन ब्याट्रीबाट चल्ने विश्वकै पहिलो प्यासेन्जर कार

चांगनले ल्यायो सोडियम–आयन ब्याट्रीबाट चल्ने विश्वकै पहिलो प्यासेन्जर कार

चांगन अटोमोबाइलले सोडियम–आयन ब्याट्रीद्वारा संचालित विश्वको पहिलो...

चांगनको नयाँ ईभी उत्पादनमा प्रवेश, यस्तो छ विशेषता

चांगनको नयाँ ईभी उत्पादनमा प्रवेश, यस्तो छ विशेषता

काठमाडौं– चांगनले आफ्नो नयाँ प्रिमियम ईभी नेभो ई०७ उत्पादन शुरु गरेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...