चांगान अटो अब क्रिस्टियानो रोनाल्डोको टिमको ग्लोबल पार्टनर
काठमाडौं–गत शुक्रबार लिस्बनस्थित सिदाद दो फुटेबलमा चांगान अटोमोबाइलले...
काठमाडौं–चांगानले आफ्नो नयाँ विद्युतीय एसयूभी नेभो क्यू०६ को प्रि–सेल सुरु गरेको छ । कम्पनीले आयोजना गरेको ‘२०२६ चांगान एसडीए पाइलट टेक्नोलोजी कन्फरेन्स’का क्रममा सार्वजनिक गरिएको यो गाडीले आफ्नो उत्कृष्ट रेन्ज, सुपरफास्ट चार्जिङ र अत्याधुनिक एआई प्रविधिका कारण अटोमोबाइल बजारमा तीव्र चर्चा पाएको छ ।
नेभो क्यू०६ को प्रारम्भिक ‘अर्ली–बर्ड’ मूल्य २१ हजार ८०० अमेरिकी डलर निर्धारण गरिएको छ । यति प्रतिस्पर्धी मूल्यमा कम्पनीले आफ्नो नयाँ इन्टेलिजेन्ट ड्राइभिङ सिस्टम ‘एसडीए पाइलट’, ड्युअल टीसी३९९ चिप्स, १५.६ इन्चको रियर इन्टरटेनमेन्ट स्क्रिन र ’सिआओआन’ एआई एजेन्टयुक्त ’एसडीए ककपिट २.०’ उपलब्ध गराएको छ ।
प्रविधिका हिसाबले यो एसयूभी ८०० भोल्टको सिलिकन कार्बाइड हाइ–भोल्टेज प्लेटफर्म र ६सी फास्ट चार्जिङमा आधारित छ, जसले मात्र ९ मिनेटमा ब्याट्री ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न सक्छ ।
यसमा ६३.१८ किलोवाट आवरदेखि ८०.०२ किलोवाट आवरसम्मका एलएफपी ब्याट्री विकल्पहरू छन्, जसले प्योर इलेक्ट्रिक मोडमा अधिकतम ७०० किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने दाबी गरिएको छ । साथै, यसको रेन्ज–एक्सटेन्डर भेरियन्टले कुल १६०० किलोमिटरसम्मको संयुक्त रेन्ज दिन्छ ।
४८३७ एमएम लम्बाई, १९७० एमएम चौडाई, १६७० एमएम उचाई र २९४० एमएम ह्विलबेसको रहेको यस कारमा १९६ लिटरको फ्रन्ट ट्रंक र ७८२ लिटरको रियर कार्गो स्पेस उपलब्ध गराइएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...