चांगान अटो अब क्रिस्टियानो रोनाल्डोको टिमको ग्लोबल पार्टनर

काठमाडौं–गत शुक्रबार लिस्बनस्थित सिदाद दो फुटेबलमा चांगान अटोमोबाइलले एउटा यस्तो कदम चाल्यो जसको सम्बन्ध अटोमोबाइलसँग थिएन । चिनियाँ अटोमोबाइल दिग्गजले पोर्चुगिज फुटबल फेडेरेसनसँग एउटा ऐतिहासिक रणनीतिक साझेदारी घोषणा गरेर पोर्चुगिज राष्ट्रिय फुटबल टिमको अफिसियल ग्लोबल पार्टनर बन्यो । त्यो त्यहिँ टिम हो जसमा विश्व प्रसिद्ध रोनाल्डो, ब्रुनो फर्नान्डेज, बर्नार्डोसिल्भा, जोआओ फेलिक्स र राफेल लियाओको जस्ता फुटबलर छन् ।

चांगानको यो साझेदारी उसको ‘भास्ट ओसन प्लान’ रणनीतिको एउटा महत्वपूर्ण कदमका रुपमा सार्वजनिक गरिएको हो, जसको उद्देश्य खेलकुद, प्रविधि र जीवनशैलीसँग सम्बन्धित मार्केटिंगमार्फत ब्रान्डको अन्तर्राष्ट्रिय उपस्थिति बलियो बनाउनु हो ।

अटो चाइना २०२६ मा सार्वजनिक गरिएको भास्ट ओसन प्लान २.० ले चांगानको दृष्टिकोणलाई केबल ‘विश्वभर पुग्ने’बाट ‘स्थानीय रुपमा जरा गाड्ने’तर्फ रुपान्तरण गर्छ । चांगानले यो रणनीतिमा सन् २०३० सम्ममा चीन बाहिर १५ लाख कार बेच्ने र युरोपमा चिनियाँ ब्रान्डहरुमध्ये अग्रणी बन्ने महत्वकांक्षी लक्ष्य पनि समावेश गरेको छ ।

यो पार्टनरसिप घोषणा कार्यक्रममा चांगानले पोर्चुगिज फुटबल नेतृत्वलाई दिपल एस०५ प्लग इन हाइब्रिड कार हस्तान्तरण गर्नुका साथै लिस्बनदेखि मेड्रिड हुँदै तुरिन सम्मको १००० किलोमिटरको युरोपेली टेस्ट ड्राइभ कार्यक्रम उद्घाटन गरेको थियो ।

पोर्चुगल राष्ट्रिय फुटबल टिमको विश्वभर ५० करोडभन्दा बढी समर्थक छन् । युरोपेली उपभोक्ताको धारणा ‘सस्तो विकल्प’बाट ‘आकांक्षाको प्रतिक’तर्फ बदल्न चाहने एक चिनियाँ अटोमेकरका लागि यस्तो भावनात्मक पहुँच अमूल्य छ । चांगानले पोर्चुगल, नर्वे र ग्रिसमा यसअघि नै एक्सक्लुसिभ वितरक सम्झौता गरिसकेको छ । अब पोर्चुगल केबल मार्केटिङको पृष्ठभूमिमा नभई एउटा सक्रिय बजारका रुपमा स्थापित हुने अपेक्षा गरिएको छ ।

पोर्चुगल राष्ट्रिय फुटबल टिम सँगको सहकार्य चांगानको परम्परागत स्पोन्सरसिपमा मात्र सीमित हुने छैन । यसले दृढता, उत्कृष्टता र दीर्घकालिन सोच जस्ता मूल्यको गहिरो साझापन प्रतिबिम्बिध गर्छ । यी विशेषताहरुले अन्तर्राष्ट्रिय गौरवका लागि प्रयासरत फुटबल फेडेरेसन र ४५ वर्षको यात्रामा विश्वका ठूला अटोमेकरहरु मध्ये बन्न सफल एउटा अटोमोबाइल जायन्ट दुवैलाई एकैसाथ परिभाषित गर्छ ।

सम्बन्धित समाचारहरू

‘इन्टेलिजेन्स’ र ‘लक्जरी’मा नयाँ मापदण्ड स्थापित गर्ने दिपल एस०७, यस्तो छ मूल्य र विशेषता

‘इन्टेलिजेन्स’ र ‘लक्जरी’मा नयाँ मापदण्ड स्थापित गर्ने दिपल एस०७, यस्तो छ मूल्य र विशेषता

काठमाडौं–चांगानको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटो...

थाइल्याण्ड इन्टरनेसनल मोटर एक्सपोमा चर्चित बन्यो चांगनको नयाँ ईभी, प्रतीक्षामा नेपाल

थाइल्याण्ड इन्टरनेसनल मोटर एक्सपोमा चर्चित बन्यो चांगनको नयाँ ईभी, प्रतीक्षामा नेपाल

थाइल्याण्ड इन्टरनेसनल मोटर एक्सपो २०२३ मा एउटै मोडलका लागि सबैभन्दा बढी...

२.९८ लिटर पेट्रोलले १०० किलोमिटर माइलेज दिने चांगनको ‘ब्लु कोर सुपर इन्जिन’

२.९८ लिटर पेट्रोलले १०० किलोमिटर माइलेज दिने चांगनको ‘ब्लु कोर सुपर इन्जिन’

0चांगन अटोले आफ्नो ‘ब्लू कोर सुपर इन्जिन’ हाइब्रिड प्लेटफर्म सार्बजनिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...