अर्को दशकभित्र वार्षिक ४० लाखभन्दा बढी गाडी बिक्री गर्ने लिपमोटरको महत्वाकांक्षी लक्ष्य

चिनियाँ विद्युतीय सवारीसाधन निर्माता कम्पनी लिपमोटरले आगामी एक दशकभित्र वार्षिक रूपमा ४० लाखभन्दा बढी गाडी बिक्री गर्ने महत्वाकांक्षी लक्ष्य सार्वजनिक गरेको छ। कम्पनीका सीईओ झु जियाङमिङले चीनको हाङझोउमा आयोजित कार्यक्रममा सो जानकारी दिएका हुन्।

लिपमोटरले सन् २०२६ सम्म १० लाख गाडी बिक्री गर्ने लक्ष्य लिएको छ। यस लक्ष्यलाई सहयोग गर्न कम्पनीले युरोपेली अटो जायन्ट स्टेलान्टिससँगको सहकार्यमा विश्वव्यापी विस्तार रणनीति अघि बढाइरहेको छ। स्टेलान्टिसले सन् २०२३ मै लिपमोटरमा लगानी गरिसकेको छ र विदेशमा लिपमोटरका गाडी उत्पादन तथा बिक्रीका लागि संयुक्त उद्यमसमेत सञ्चालन गरिरहेको छ।

यसैबीच, लिपमोटरले २ लाख ५० हजार युआन अर्थात करिब ३४ हजार ३०० अमेरिकी डलर भन्दा माथि मूल्य पर्ने प्रिमियम मोडलहरू पनि निकट भविष्यमै बजारमा ल्याउने घोषणा गरेको छ। हाल लिपमोटरको सबैभन्दा धेरै बिक्री हुने सी१० इलेक्ट्रिक एसयूभीको सुरुआती मूल्य १ लाख ४२ हजार ८०० युआन रहेको छ, जसले २५ हजार डलरभन्दा सस्तो ईभी सेग्मेन्टमा बजारमा हाल अग्रणी रहेको बीवाईडीको बजार हिस्सा खुम्च्याउन सफल भएको छ।

चीनको अत्यन्त प्रतिस्पर्धी अटोमोबाइल बजारमा लिपमोटरले पछिल्लो समय उल्लेखनीय सफलता हासिल गरेको छ। २०२५ को पहिलो ११ महिनामा कम्पनीको घरेलु बिक्री झन्डै दोब्बर भएर ४ लाख ८२ हजार ४४७ युनिट (प्योर इलेक्ट्रिक र प्लग–इन हाइब्रिड) पुगेको छ। यही अवधिमा बीवाईडीको घरेलु बिक्री भने ५.१ प्रतिशतले घटेर ३१ लाख युनिटमा सीमित भएको चीन प्यासेन्जर कार एसोसिएसनको तथ्यांकले देखाउँछ।

लिपमोटरका सह–संस्थापकसमेत रहेका झु जियाङमिङका अनुसार मुख्य प्रविधि आफैं विकास र उत्पादन गर्नु नै कम्पनीको लागत प्रतिस्पर्धात्मकताको आधार हो। उनका अनुसार लिपमोटरका गाडीमा प्रयोग हुने ६५ प्रतिशत पाट्र्सको मूल्य कम्पनीले आफैं विकास गरेको हो, जसले प्रतिस्पर्धी ब्रान्डको तुलनामा करिब १० प्रतिशत लागत लाभ दिएको छ।

यसै सन्दर्भमा, लिपमोटरले चिनियाँ सरकारी स्वामित्वको अटो निर्माता कम्पनी एफएडब्लुलाई प्रति शेयर ५०.०३ युआनका दरले ७४.८ मिलियन शेयर जारी गर्ने घोषणा पनि गरेको छ। दुई कम्पनीबीच सन् २०२६ बाट एफएडब्लुका लागि गाडी विकास र उत्पादन गर्ने प्राविधिक साझेदारी हुनेछ।

लिपमोटरका प्रमुख वित्तीय अधिकृत ली तेङ्फेईका अनुसार एफएडब्लु वा स्टेलान्टिस कुनैले पनि कम्पनीको नियन्त्रण लिने योजना बनाएका छैनन्। संस्थापक समूहको नियन्त्रण हिस्सासहित “स्थिर इक्विटी त्रिकोण” ले भविष्यमा लिपमोटरको अग्रणी स्थानलाई थप मजबुत बनाउने उनले बताए।

अन्तर्राष्ट्रिय उत्पादन विस्तारतर्फ पनि लिपमोटरले तयारी तीव्र बनाएको छ। कम्पनीले सन् २०२६ मा स्पेनमा उत्पादन सुरु गर्ने र स्थानीय नियमअनुसार ४० प्रतिशत पाट्र्स स्थानीय रूपमा खरिद गर्ने जनाएको छ।

नेपालमा समेत लिपमोटरका विद्युतीय गाडी उपलब्ध भइसकेको अवस्थामा, कम्पनीको तीव्र अन्तर्राष्ट्रिय विस्तार, लागत–प्रभावी प्रविधि र आक्रामक बिक्री लक्ष्यले नेपाली ईभी बजारमा पनि लिपमोटरको भूमिका थप महत्त्वपूर्ण हुने संकेत गरेको छ। नेपालमा समेत लिपमोटरका उत्पादन उपलब्ध छन् । नेपालमा सांग्रिला मोटर्सले लिपमोटरको आधिकारिक वितरकको रुपमा कार्य गरिरहेको छ । नेपाली बजारमा लिपमोटरका सी१०, बी१० र टी०३ मोडल उपलब्ध छन् ।

सम्बन्धित समाचारहरू

कम मूल्यमा मिनी इभी उतार्ने कियाको योजना, ४ वर्षमा १३ नयाँ इभी आउने

कम मूल्यमा मिनी इभी उतार्ने कियाको योजना, ४ वर्षमा १३ नयाँ इभी आउने

कोरियन अटो निर्माता कियाले इभी लाइनअपमा आफ्नो उत्पादन विस्तार गर्ने योजना...

काठमाडौंको सडकमा देखिन थाल्यो नयाँ ब्रान्ड चांगनको प्रिमियम सेडान एल्सभीन

काठमाडौंको सडकमा देखिन थाल्यो नयाँ ब्रान्ड चांगनको प्रिमियम सेडान एल्सभीन

काठमाडौं – नेपाली बजारमा भर्खरै भित्रिएको चाइनिज ब्रान्ड चांगनको...

टियागो इभीको प्रस्पिर्धी सिट्रोन इसी३ को वुकिङ खुल्ला, कहिले आउला नेपाल

टियागो इभीको प्रस्पिर्धी सिट्रोन इसी३ को वुकिङ खुल्ला, कहिले आउला नेपाल

फ्रेन्च अटो निर्माता सिट्रोनले भारतमा उत्पादन गरेको इलेक्ट्रिक कार ईसी३...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...