चिनियाँ ईभी स्टार्टअपमा लिपमोटरको अग्रता कायमै, एक महिनामा बिक्री गर्यो ७० हजार बढि कार

काठमाडौं– चिनियाँ ईभी निर्माता लिपमोटरले अक्टोबर महिनामा पनि आफ्नो अग्रता कायमै राखेको छ । न्यू इनर्जी भेइकल(एनईभी) स्टार्टअपमा लिपमोटरको बिक्रीले अन्य प्रतिस्पर्धिलाई पछि पार्दै आफ्नो अग्रता कायमै राखेको हो ।

लिपमोटरले पहिलो पटक मासिक बिक्री ७० हजार युनिट कटाएर नयाँ रेकर्ड समेत बनाएको छ । कम्पनिका अनुसार, अक्टोबर महिनामा ७० हजार २८९ युनिट एनईभी बिक्री भएका छन् । जुन गत वर्षको सोहि अवधीको तुलनामा ८४ प्रतिशतले बढि हो । विगत ८ महिना यता लिपमोटर चिनियाँ एनईभीको बिक्रीमा निरन्तर अगाडी रहँदै आएको छ ।

लिपमोटर पछि दोस्रो धेरै कार हिमाले बिक्री गरेकको छ । कम्पनीले अक्टोबर महिनामा ६८ हजार २१६ युनिट कार बिक्री गर्दा एक्सपेङले ४२ हजार १३ युनिट बिक्री गर्न सफल भयो । सुचीको चौंथो स्थानमा निओ र पाँचौ स्थानमा साओमी सामेल भएका छन् । यी ब्रान्डले क्रमशः ४० हजार ३९७ र ४० हजार भन्दा बढी युनिट न्यू ईनजी भेइकल बिक्री गरेका छन् । त्यसैगरी छैठौं स्थानमा रहेको दिपलले ३६ हजार ७९२ युनिट कार बिक्री गरेको छ ।

लिपमोटर नेपाली बजारमा समेत उपलब्ध रहँदै आएको एक प्रिमियम ईभी ब्रान्ड हो । नेपालमा यसको बिक्री वितरण सांग्रिला मोटर्सले गर्दै आएको छ । कम्पनीले हाल सि१०, टी०३ र बी१० गरी कुल तीनवटा मोडल आयत गर्दै आएको छ ।

सम्बन्धित समाचारहरू

२० प्रतिशत डाउनपेमेन्टमै हेनरी भोल्ट्स, आयो नयाँ वर्ष अफर

२० प्रतिशत डाउनपेमेन्टमै हेनरी भोल्ट्स, आयो नयाँ वर्ष अफर

काठमाडौं–हेनरी ईभीको नेपालका लागि आधिकारिक वितरक एसक्यूव...

नेपाली बजारमा भित्रियो अर्को सब–कम्प्याक्ट एसयूभी दायुन युइहु

नेपाली बजारमा भित्रियो अर्को सब–कम्प्याक्ट एसयूभी दायुन युइहु

काठमाडौं – नाडा अटो शो २०८१ मा विभिन्न ८ ब्रान्ड प्रदर्शन गरेको सीजी...

बुटवलकै सबैभन्दा ठूलो ‘एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प’ गर्दै एमएडब्लु वृद्धि

बुटवलकै सबैभन्दा ठूलो ‘एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प’ गर्दै एमएडब्लु वृद्धि

दिपल प्रि–बजेट प्राइसमा, सेरेसमा नाडा अफर र नामी ईभी किन्दा ७ किलोवाटको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...