लिपमोटरले ल्यायो अनबोर्ड अक्सिजन जेनेरेटर भएको नयाँ एसयूभी

लिपमोटरले डी प्लेटफर्ममा आधारित आफ्नो फ्ल्यागशिप एसयूभी डी १९ सार्बजनिक गरेको छ । पूर्ण आकारको सो एसयूभी ईभी र विस्तारित रेन्ज ईभी(इआरईभी) दुबै दुवै भेरिएन्टमा उपलब्ध हुने जनाइएको छ ।

२०२६ को मध्येतिर लन्च हुने अपेक्षा गरिएको डी१९ को ईभी संस्करणले फुल चार्जमा ७२० किलोमिटरसम्म रेन्ज दिने दाबी गरिएके छ । एसयूभीमा अनबोर्ड अक्सिजन जेनेरेटर र डुअल क्वालकम स्न्यापड्रागन ८७९७ चिप्स जडान गरिएको छ, जसले यसलाई प्रतिस्पर्धी ब्रान्डको तुलनामा विशेष बनाएको छ । कारमै अक्सिजन जेनेरेटर राखिएको यो अटोमोबाइल उद्योगकै पहिलो उत्पादन हो ।

‘टेक्नोलोजी नेचुरल एस्थेटिक्स २.०’ डिजाइन ल्यांग्वेजमा तयार पारिएको डी१९ को अगाडिक भागमा प्रोजेक्टरको रूपमा प्रयोग गर्न सकिने तीन–चरणको हेडलाइट क्लस्टर र वातावरणीय अवस्थाको आधारमा स्वचालित रूपमा खोल्न/बन्द गर्न सकिने ग्रिल जडान गरिएको छ । साथै कारको रुफमा लिडर समेत राखिएको छ ।

लिपमोटरले डी१९ मा ११५ किलोवाट आवरको ब्याट्री प्याक जडान गरेको छ भने यसको संयुक्त पावर आउटपुट ५४० किलोवाट रहेको छ ।

पर्फमेन्सका मामलमा समेत यो कार निकै मजवुत देखिएको छ । जसलाई ० देखि १०० किमी प्रतिघण्टाकाे एक्सेलेरेशन लिन जम्मा ३ सेकेन्ड भन्दा कम समयत लाग्छ । १००० हाई भोल्टेज प्लेटफर्ममा बनेका कारण यसलाई जम्मा १५ मिनेटको चार्जमै ३५० किलोमिटर भन्दा बढिको दुरीमा चलाउन सकिन्छ ।

सम्बन्धित समाचारहरू

ई–सेवा महा–उत्सवको विजेता रवि बम्जनलाई नामी कार हस्तान्तरण

ई–सेवा महा–उत्सवको विजेता रवि बम्जनलाई नामी कार हस्तान्तरण

ललितपुर – ई–सेवाले नेपालीहरुको महान चाड दशैं, तिहार र छठको अवसरमा...

चीनमा बनेको बीवाईडीको इलेक्ट्रिक कार बन्यो २०२३ जापान ईभी अफ द इयर

चीनमा बनेको बीवाईडीको इलेक्ट्रिक कार बन्यो २०२३ जापान ईभी अफ द इयर

चीनमा बनेको बीवाईडीको इलेक्ट्रिक कारले सवारी साधन निर्माता कम्पनीहरु...

विश्वको पहिलो सोलार इलेक्ट्रिक कार, जुन महिनौंसम्म चार्ज नगरी चल्ने छ

विश्वको पहिलो सोलार इलेक्ट्रिक कार, जुन महिनौंसम्म चार्ज नगरी चल्ने छ

विश्वमा इलेक्ट्रिक कारको क्रेज बढेसँग अटो निर्माता कम्पनीले सोलारबाट...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...