लिपमोटर सी१० अब चितवनमा पनि उपलब्ध

काठमाडौं – नेपाली बजारमा हालै उपलब्ध नयाँ इलेक्ट्रिक गाडी अर्थात ईभी अन्तर्गतको कम्पनी लिपमोटरले प्रिमियम ईभी लिपमोटर सी१० अब चितवनमा पनि उपलब्ध भएको घोषणा गरेको छ ।

कम्पनीले नेपालमा बढ्दो मागसँगै उच्च स्तरीय इलेक्ट्रिक गाडीहरू ग्राहक माझ सहज उपलब्ध गराउने कार्यको विस्तार गरेको छ।

सो उपलब्धिलाई उत्सवको रूपमा मनाउन चितवनको भरतपुरस्थित होटल सिराइचुलीमा एक भव्य समारोहको आयोजना गरिएको थियो। र यसैबीच दशवटा लिपमोटर सी१० गाडी वितरण गरिएको थियो।

लिपमोटर सी१० ले आधुनिक प्रविधिलाई आकर्षक डिजाइनसँग समायोजन गरेर वातावरणमैत्री तथा अविश्वसनीय एवम् आरामदायी अनुभव प्रदान गरेको छ।

चितवनमा एबीएस एक्सपोर्ट इम्पोर्ट प्रालिले आधिकारिक डिलरसिपको रुपमा कार्य गरिरहेको छ ।

लिप मोटरको सी१० एक लक्जरी इलेक्ट्रिक एसयूभी हो र यसमा ६९.९ किलोवाट आवरको एलएफपी ब्याट्री छ भने यसले १६० किलोवाट पावर र ३२० एनएम टर्क जेनेरेट गर्छ । सो गाडीले डब्लुएलटीपी अनुसार ४२० किलोमिटर रेन्ज दिन्छ ।

यसको ग्राउन्ड क्लियरेन्स १९० एमएम छ भने सुरक्षाका लागि यसले फाइभ स्टार एनक्याप प्राप्त गरेको छ ।

सम्बन्धित समाचारहरू

आज नेपाली बजारमा नयाँ ईभी प्रोटोन इमास ७ लन्च हुँदै

आज नेपाली बजारमा नयाँ ईभी प्रोटोन इमास ७ लन्च हुँदै

काठमाडौं – नेपाली बजारमा नयाँ नयाँ इलेक्ट्रिक कार अर्थात ईभी भित्रिरहेको...

मोबाइल वर्ल्ड कांग्रेसमा शाओमीले देखायो इलेक्ट्रिक कार

मोबाइल वर्ल्ड कांग्रेसमा शाओमीले देखायो इलेक्ट्रिक कार

स्मार्टफोन निर्माता कम्पनी शाओमीले स्पेनको बार्सिलोनामा आयोजित २०२४...

दशैंका लागि सुपर सोको टिएस स्ट्रिट हन्टरको वुकिङ खुल्ला, मूल्य ४ लाख ८० हजारसम्म

दशैंका लागि सुपर सोको टिएस स्ट्रिट हन्टरको वुकिङ खुल्ला, मूल्य ४ लाख ८० हजारसम्म

इलेक्ट्रिक टु ह्विलर सुपर सोको व्रान्डको नेपालका लागि आधिकारिक वितरक डि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...