पोखरामा खुल्यो बीवाईडीको सुविधा सम्पन्न सर्भिस सेन्टर र थ्रीएस सुविधा, गण्डकी प्रदेशमा सेवा सञ्जाल थप सुदृढ
पोखरा – नेपालका लागि बीवाईडी अटो इन्डष्ट्री कम्पनी लिमिटेडको आधिकारिक...
काठमाडौं–लिपमोटरको नेपालका लागि आधिकारिक बिक्रेता साङ्ग्रिला मोटर्सले नयाँ विद्युतीय एसयूभी बी०३एक्स नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरेको छ । लिपमोटर विश्वविख्यात अटोमोबाइल समूह स्टेलान्टिसको आधिकारिक साझेदार ब्रान्ड हो, जसअन्तर्गत जीप, प्युजो, सिट्रोन र मासेराटी जस्ता स्थापित ब्रान्डहरू पर्दछन् ।
प्रिमियम डिजाइन र उच्च प्रविधिका साथ आएको यस गाडीमा १४५ किलोवाट क्षमताको शक्तिशाली मोटर र ५३ किलोवाट आवरको एलएफपी ब्याट्री जडान गरिएको छ । एक पटकको फुल चार्जमा यसले ५०५ किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ ।
नेपालको भौगोलिक अवस्था र सडक अनुकूल हुने गरी यसमा १९० एमएमको उत्कृष्ट ग्राउन्ड क्लियरेन्स दिइएको छ । गाडीको भित्री भागमा १४.६ इन्चको इन्फोटेनमेन्ट स्क्रिन, १०.२५ इन्चको इन्स्ट्रुमेन्ट क्लस्टर, प्यानोरामिक सनरुफ, १२ वटा स्पिकर र ६४ रङको एम्बियन्ट लाइटिङ जस्ता अत्याधुनिक सुविधाहरू समेटिएका छन् ।
सुरक्षाका दृष्टिकोणले यस एसयूभीमा ६ वटा एयरब्याग, लेभल २ एडास प्रविधि, ३६० डिग्री क्यामेरा र ट्रान्सपेरेन्ट च्यासिस उपलब्ध गराइएको छ ।
नेपाली बजारका लागि लिपमोटर बी ०३ याक्स प्रो म्याक्सको आधिकारिक मूल्य ४५ लाख ९९ हजार रुपैयाँ तोकिएको छ, तर कम्पनीले सुरुवाती १०० जना ग्राहकका लागि ४४ लाख ९९ हजार रुपैयाँको विशेष छुट मूल्य निर्धारण गरेको छ । पाँच फरक आकर्षक रङहरूमा उपलब्ध यो गाडी प्रिमियम एसयूभी खोज्ने ग्राहकका लागि उत्कृष्ट विकल्प हुने अपेक्षा गरिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...