जीपले भोली पहिलो इलेक्ट्रिक एसयूभी सार्वजनिक गर्दै, हाइव्रिड र व्याट्री इलेक्ट्रिक दुवै अप्सनमा आउने
जीपले भोली आफ्नो पहिलो इलेक्ट्रिक कार जिपस्टरको पावरट्रेन सार्वजनिक...
काठमाडौं– लीपमोटरको नेपालका लागि आधिकारिक विक्रेता सांग्रिला मोटर्स प्रालिले लामो समयदेखि प्रतिक्षित लीपमोटर बी१० औपचारिक रूपमा चीनबाट नेपालका लागि प्रस्थान गरिसकेको र डेलिभरी छिट्टै सुरु हुने घोषणा गरेको छ ।
काठमाडौंमा आयोजित नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ मा निकै राम्रो प्रतिक्रिया र अग्रिम बुकिङ प्राप्त भएपछि, लीपमोटर बी१० अब ती अर्डर पूरा गर्न र नेपाली सडकमा नवीनतम इलेक्ट्रिक मोबिलिटी ल्याउन तम्तयार रहेको कम्पनीको भनाई छ ।
लीपमोटर बी१० मा १६० किलोवाट क्षमताको पावरफुल रियर–व्हील ड्राइभ मोटर र ६७.१ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ, जसले एक पटकको चार्जमा ६०० किमी (सिएलटीसी) र ४६० किमी (डब्लुएलटीपी) सम्मको प्रभावकारी रेञ्ज प्रदान गर्दछ ।
आरामदायी र व्यावहारिक दुवै उद्देश्यका लागि निर्माण गरिएको यो विद्युतीय एसयूभीमा १८० मिमी ग्राउन्ड क्लियरेन्स, १४.६ इन्च २.५के एचडि टचस्क्रिन, रेकर्डिङ सुविधा सहितको ३६०–डिग्री क्यामेरा, प्रीमियम लेदरेट सिट (हिटिङ र भेन्टिलेसनसहित) र आफ्नो सेग्मेन्टकै सबैभन्दा ठूलो प्यानोरामिक रूफ लगायत फिचर पाउन सकिन्छ ।
कम्पनिका अनुासार, बी १० ले अत्याधुनिक विद्युतीय सवारी साधन प्रविधिलाई प्रिमियम आरामसँग संयोजन गर्ने कुरामा लीपमोटरको ध्यान प्रतिबिम्बित गर्दछ, जसले गर्दा यो नेपाली ईभी प्रेमीहरूका लागि एक उत्कृष्ट विकल्प बन्नेछ ।
लीपमोटर बी१० ले चीनबाट नेपालतर्फ आफ्नो यात्रा सुरु गरिसकेको सांग्रिला मोटर्सका निर्देशक हेमन्त गोल्छाले बताए । ‘यसको असाधारण रेन्ज, उन्नत सुविधाहरू र प्रिमियम डिजाइनसहित, हामी विश्वास गर्छौ कि बी१० ले नेपालमा इलेक्ट्रिक गाडी जगतमा नयाँ मापदण्ड सेट गर्नेछ । डेलिभरी छिट्टै सुरु हुनेछ र हामी विश्वस्त छौं कि यसले हाम्रा ग्राहकहरूको ड्राईभिङ अनुभव पुनःपरिभाषित गर्नेछ’ उनले भने ।
जीपले भोली आफ्नो पहिलो इलेक्ट्रिक कार जिपस्टरको पावरट्रेन सार्वजनिक...
काठमाडौं – नाडा अटो शो २०२४ काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको छ । उक्त अटो...
काठमाडौं – नेपालका लागि सेगवे इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक आईहब...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...