सिट्रोनले भोली नयाँ एसयुभी कुपेको ग्लोबल डेब्यू गर्दै, टाटा कर्भसंग प्रतिस्पर्धा हुने
फ्रेन्च अटो निर्माता सिट्रोनले भोली नयाँ एसयूभी कुपेको ग्लोबल डेब्यू...
काठमाडौं – सांग्रिला मोटर्स प्रालिले मंसिर १४ गतेदेखि २१ गतेसम्म नेपालभरका सम्बन्धित शोरूमहरूमा लीपमोटर र सिट्रोनका दुई विशेष एक्सचेन्ज क्याम्प आजोजना गर्ने भएको छ । आकर्षक लाभहरूका साथ आफ्नो सवारी साधन अपग्रेड गर्न चाहने ग्राहका लागि क्याम्प एक अवसर वन्ने कम्पनीले जनाएको छ ।
लीपमोटर ‘एक्सचेन्ज विथ द बेस्ट’ क्याम्पले ग्राहकलाई उनीहरूको लागि पर्फेक्ट १०÷१० कार चलाउने अवसर प्रदान गर्नेछ । साथै, नगद छुट, एक्सचेन्ज बोनस, निःशुल्क रोड ट्याक्स तथा दर्ता, २.२ किलोवाटको ट्राभल चार्जरको साथ निःशुल्क ७ किलोवाटको होम चार्जर र थप सहायक उपकरणहरू सहित लाभ लिन सकिनेछ ।
त्यसैगरी, सिट्रोन ‘एक्सचेन्ज विथ द बेस्ट’ क्याम्पले सहभागीहरूलाई एक्सचेन्ज बोनस, एमसीबी बक्स सहितको निःशुल्क ३.३ किलोवाट चार्जर, एक वर्षको अटो प्लस बीमा र निःशुल्क रोड ट्याक्स र दर्ताको साथ उत्कृष्ट कारमा अपग्रेड गर्न प्रोत्साहित गर्नेछ ।
कम्पनीका अनुसार, नेपालभर एकसाथ सञ्चालन हुने दुवै एक्सचेन्ज क्याम्पले कार उत्साहीहरूलाई सीमित समयका अफरहरूको लाभ उठाउँदै आफ्नो सवारी अपग्रेड गर्ने अवसर प्रदान गर्दछ ।
लीपमोटर, सिट्रोन, प्यूजो लगायत विश्व प्रसिद्ध ब्रान्डहरूको प्रतिनिधित्व गर्ने नेपालको अग्रणी अटोमोबाइल वितरक सांग्रिला मोटर्स प्रालिले राष्ट्रव्यापी रूपमा नवीन समाधान, गुणस्तरीय सवारीसाधन र भरपर्दो बिक्री पछिको सेवामार्फत उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्ने कार्य निरन्तर गर्दै आएको छ ।
फ्रेन्च अटो निर्माता सिट्रोनले भोली नयाँ एसयूभी कुपेको ग्लोबल डेब्यू...
चीतवन– सिट्रोन गाडीको नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्स...
काठमाडौं– साङ्ग्रिला मोटर्सले नयाँ वर्षको विशेष अवसर पारेर आजदेखी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...