भारत प्रवेश गर्ने योजनामा लिप मोटर, नेपालमा टी–०३ छिट्टै लन्च हुने

चिनियाँ ईभी निर्माता लिप मोटरले भारत प्रवेश गर्ने योजना बनाएको छ । मिडिया रिपोर्टका अनुसार कम्पनीले आगामी हप्तामा आफ्नो लगानी योजना घोषणा गर्ने तयारी गरेको छ ।

लिप मोटरले स्टेलान्टिस समूहसँगको साझेदारीमा आफ्नो ईभी भारतमा ल्याउने योजना बनाएको हो । दुई कम्पनीले आगामी केही हप्तामा आफ्नो भारत योजनाहरू घोषणा गर्ने तयारी गरेको मिडिया रिपोर्टमा उल्लेख छ । यदि यो प्रस्तावलाई सरकारले अनुमोदन गरेमा, यसले लिप मोटरको बजेट इलेक्ट्रिक कारहरू भारतमा लन्च गर्न मार्ग प्रशस्त गर्नेछ ।

लिप मोटरसंग हाल सी–०१ मोडलको सेडान, सी–११ एसयूभी र टी–०३ ह्याचब्याक सहित तीनवटा मोडल उपलब्ध छ । जसमध्ये टी–०३ नेपाल आउने तयारीमा छ ।

नेपाल आउने टी–०३ मा ३६.५ किलोवाट आवर क्षमताको ब्याट्री जडान गरिएको छ भने मोटर क्षमता ५५ र ८० किलोवाट हुनेछ । एमएडब्लु ग्रुप अन्तर्गतको बाणिज्य विकास कम्पनीले हाल यसको परिक्षण गरिरहेको छ ।

कम्पनीले यसको मूल्य २५ र २८ लाख निर्धारण गरिसकेको छ । कारले सिंगल चार्जमा २८० किलोमिटर रेन्ज दिने दावी गरिएको छ ।

सम्बन्धित समाचारहरू

पारस बने दिपलका ब्रान्ड एम्बेसडर : भन्छन्, ‘यति कम मूल्यमा धेरै फिचर भएको ईभी यो सेग्मेन्टमै छैन’

पारस बने दिपलका ब्रान्ड एम्बेसडर : भन्छन्, ‘यति कम मूल्यमा धेरै फिचर भएको ईभी यो सेग्मेन्टमै छैन’

काठमाडौं – चांगान नेपालले नेपाली क्रिकेटका परिचित व्यक्तित्व तथा पूर्व...

यस्तो हुनेछ रोयल इन्फिल्डको इलेक्ट्रिक बुलेट बाइक

यस्तो हुनेछ रोयल इन्फिल्डको इलेक्ट्रिक बुलेट बाइक

रोयल इन्फिल्ड पनि इलेक्ट्रिक सेगमेन्टमा प्रवेश गर्ने भएको छ । कम्पनीले...

४५ किलोवाट आवर ब्याट्री र १३८ एचपी मोटर क्षमता सहित हुन्डाई क्रेटा अब ईभीमा आउने,

४५ किलोवाट आवर ब्याट्री र १३८ एचपी मोटर क्षमता सहित हुन्डाई क्रेटा अब ईभीमा आउने,

हुन्डाईले लोकप्रिय एसयूभी क्रेटालाई ईभी भर्सनमा ल्याउने भएको छ । युनिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...