३ फरक क्लासलाई लक्षित गरी ३ दिनको फरकमा लन्च गरिएका ३ इलेक्ट्रिक कार
यो महिना नेपाली बजारमा ३ नयाँ इलेक्ट्रिक कार सार्बजनिक गरिए । ३ दिनको...
चिनियाँ ईभी निर्माता लिप मोटरले भारत प्रवेश गर्ने योजना बनाएको छ । मिडिया रिपोर्टका अनुसार कम्पनीले आगामी हप्तामा आफ्नो लगानी योजना घोषणा गर्ने तयारी गरेको छ ।
लिप मोटरले स्टेलान्टिस समूहसँगको साझेदारीमा आफ्नो ईभी भारतमा ल्याउने योजना बनाएको हो । दुई कम्पनीले आगामी केही हप्तामा आफ्नो भारत योजनाहरू घोषणा गर्ने तयारी गरेको मिडिया रिपोर्टमा उल्लेख छ । यदि यो प्रस्तावलाई सरकारले अनुमोदन गरेमा, यसले लिप मोटरको बजेट इलेक्ट्रिक कारहरू भारतमा लन्च गर्न मार्ग प्रशस्त गर्नेछ ।
लिप मोटरसंग हाल सी–०१ मोडलको सेडान, सी–११ एसयूभी र टी–०३ ह्याचब्याक सहित तीनवटा मोडल उपलब्ध छ । जसमध्ये टी–०३ नेपाल आउने तयारीमा छ ।
नेपाल आउने टी–०३ मा ३६.५ किलोवाट आवर क्षमताको ब्याट्री जडान गरिएको छ भने मोटर क्षमता ५५ र ८० किलोवाट हुनेछ । एमएडब्लु ग्रुप अन्तर्गतको बाणिज्य विकास कम्पनीले हाल यसको परिक्षण गरिरहेको छ ।
कम्पनीले यसको मूल्य २५ र २८ लाख निर्धारण गरिसकेको छ । कारले सिंगल चार्जमा २८० किलोमिटर रेन्ज दिने दावी गरिएको छ ।
यो महिना नेपाली बजारमा ३ नयाँ इलेक्ट्रिक कार सार्बजनिक गरिए । ३ दिनको...
काठमाडौँ – नेपालमा विद्युतीय सवारीसाधनको विस्तारको क्रममा एक नयाँ...
काठमाडौं – बज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्स प्रालिले वुलिङ ईभी र...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...