हुन्डाईद्वारा गण्डकी प्रदेश सरकारलाई ५० लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं – नेपालको लागि हुन्डाई मोटर्सको आधिकारिक विक्रेता लक्ष्मी हुन्डाई (लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि) ले हुन्डाई मोटर कम्पनी कोरियाको सौजन्यमा ५० लाख रुपैयाँ बराबरका कोभिड–१९ उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

हुन्डाईले उपचारको समयमा चाहिने पीपीईलगायतका आवश्यक सामग्रीहरु गण्डकी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयलाई बैशाख २४ गते आयोजना गरिएको एक कार्यक्रममा हस्तान्तरण गरिएको बताएको छ ।

हाल विश्वभर फैलिदै गरेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाममा मद्दत गर्नका लागि सो स्वास्थ्य सामग्रीहरु प्रदान गरिएको हो । यसको मुल उद्देश्य आवश्यकता परेका बिरामीहरुलाई समयमा र सही तरिकाले उपचार प्रदान गर्नु रहेको छ ।

लक्ष्मी हुन्डाईले सधैें यस्ता परोपकारी उद्देश्यहरुलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गर्दै आइरहेको बताएको छ । लक्ष्मी ग्रुपले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा र१ करोड सहयोगका साथै फिभर क्लिनिक स्थापना लागि आर्थिक सहयोग गरेको थियो । यो वाहेक ग्रुपले अन्य विभिन्न सामाजिक कार्यमा समेत सहयोग गर्दै आएको छ ।

लक्ष्मी हुन्डाई लक्ष्मी ग्रुपको भगीनी संस्था हो ।

सम्बन्धित समाचारहरू

धेरै नयाँ फिचर सहित नयाँ जेनेरेसन हुन्डाई भेन्यु २०२५ मा लन्च हुने

धेरै नयाँ फिचर सहित नयाँ जेनेरेसन हुन्डाई भेन्यु २०२५ मा लन्च हुने

न्यु जेनेरेसन हुन्डाई भेन्यु २०२५ मा लन्च हुने अपेक्षा गरिएको छ र यसको...

२ लाख घटेर आयो नयाँ कोना जीएल, यस्तो छ मूल्य र फिचर

२ लाख घटेर आयो नयाँ कोना जीएल, यस्तो छ मूल्य र फिचर

काठमाडौ– हुन्डाइको लोकप्रिय इलेक्ट्रिक कार कोना जीएल २ लाख रुपैयाँ सस्तो...

हुन्डाईको नयाँ एसयूभी एक्सटरको रियर लुक सार्वजनिक

हुन्डाईको नयाँ एसयूभी एक्सटरको रियर लुक सार्वजनिक

हुन्डाईले आधिकारिक रूपमा नयाँ एसयूभी एक्सटर सार्वजनिक गरेको छ । सो एसयूभी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...