पेट्रोल कारमा ४ ब्रान्डको नयाँ स्किम, ईभीमा जस्तै इन्धन बचत र सरल फाइनान्सको सुबिधा
काठमाडौं– बजारमा अहिले इलेक्ट्रिक कारले एकछत्र बजार लिइरहेको छ । ईभीको...
काठमाडौं – नेपालको लागि हुन्डाई मोटर्सको आधिकारिक विक्रेता लक्ष्मी हुन्डाई (लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि) ले हुन्डाई मोटर कम्पनी कोरियाको सौजन्यमा ५० लाख रुपैयाँ बराबरका कोभिड–१९ उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
हुन्डाईले उपचारको समयमा चाहिने पीपीईलगायतका आवश्यक सामग्रीहरु गण्डकी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयलाई बैशाख २४ गते आयोजना गरिएको एक कार्यक्रममा हस्तान्तरण गरिएको बताएको छ ।
हाल विश्वभर फैलिदै गरेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाममा मद्दत गर्नका लागि सो स्वास्थ्य सामग्रीहरु प्रदान गरिएको हो । यसको मुल उद्देश्य आवश्यकता परेका बिरामीहरुलाई समयमा र सही तरिकाले उपचार प्रदान गर्नु रहेको छ ।
लक्ष्मी हुन्डाईले सधैें यस्ता परोपकारी उद्देश्यहरुलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गर्दै आइरहेको बताएको छ । लक्ष्मी ग्रुपले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा र१ करोड सहयोगका साथै फिभर क्लिनिक स्थापना लागि आर्थिक सहयोग गरेको थियो । यो वाहेक ग्रुपले अन्य विभिन्न सामाजिक कार्यमा समेत सहयोग गर्दै आएको छ ।
लक्ष्मी हुन्डाई लक्ष्मी ग्रुपको भगीनी संस्था हो ।
काठमाडौं– बजारमा अहिले इलेक्ट्रिक कारले एकछत्र बजार लिइरहेको छ । ईभीको...
दक्षिण कोरियाली अटो निर्माता कम्पनी हुन्डाईले भारतको तमिलनाडु राज्यमा...
हालै हुन्डाईले अटो एक्सपो २०२५ मा आफ्नो लोकप्रिय क्रेटा एसयूभीको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...