कम्प्याक्ट एसयूभीमा हुन्डाई क्रेटाको क्रेज कायमै, गत महिना विक्यो १५ हजार ७८६ यूनिट
काठमाडौं– हुन्डाई मोटर्सको सर्बाधिक सफल एसयूभी क्रेटा विगत लामो समयदेखी...
लक्ष्मी अटोमोटिभ डिभिजनले एक विशेष पारिवारिक कार्यक्रम गर्ने भएको छ । आफ्ना ग्राहकलाई लक्षित गरी यो समूहले ‘लक्सपेरिएन्स’ आयोजना गर्न लागेको हो ।
‘जोय, ड्राइभ, फुड’ नाराका साथ भदौ ७ र ८ गते (शनिबार र आइतबार) कार्यक्रम गर्न लागिएको हो । सिल्भर ओक, गैरीधारा, काठमाडौंमा दुवै दिन बिहान ११ बजेदेखि बेलुकी ६ बजेसम्म कार्यक्रम चल्नेछ ।
लक्ष्मी ग्रुप अन्तर्गत बिक्री हुने हुन्डाई, बीएमडब्ल्यू, केई र फर्थिङ गाडी उक्त कार्यक्रममा एउटै छानामुनी उपलब्ध हुनेछन् । प्रशिद्ध चार प्रख्यात ब्रान्डका गाडीहरू प्रदर्शनमा राखिनेछ भने अन्य आकर्षक कार्यक्रमहरु तय गरिएको छ ।
यी ब्रान्डहरूले प्रिमियमदेखि व्यावहारिकसम्मका विभिन्न मोडलहरू प्रस्तुत गर्नेछन् । जसले सबै वर्गका ग्राहकहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ । ‘लक्सपेरिएन्स’ केवल गाडीको प्रदर्शनी मात्र नभएर एक पूर्ण मनोरञ्जनात्मक उत्सवका रूपमा प्रस्तुत गरिएको कम्पनीले जनाएको छ ।
बीएमडब्ल्यू एक्सपिरेन्स ड्राइभ अन्तगर्त बीएमडब्ल्यूका सवारी साधन चलाएर अनुभव लिने अवसर प्राप्त हुनेछ । लाइभ संगीतको आनन्द लिने र विभिन्न रमाइला खेलहरूमा सहभागी हुने मौका मिल्नेछ । कार्यक्रममा सहभागी हुनेहरूका लागि आकर्षक उपहार र पुरस्कारहरूको व्यवस्था गरिएको छ ।
परिवारका लागि निःशुल्क पौडी खेल्ने सुविधा र बच्चाहरूका लागि विशेष किड्स जोनको व्यवस्था गरिएको जनाइएको छ । नेल आर्ट, मेहेन्दी, गाडीको एक्सचेन्ज तथा मूल्याङ्कन, फाइनान्स तथा बिमासम्बन्धी जानकारी र थप रमाइला गतिविधिहरूले अवलोकनकर्तालाई आकर्षित गर्ने विश्वास गरिएको छ ।
साथै, यो कार्यक्रम यस वर्षको बुबाको मुख हेर्ने दिन र हरितालिका तीजको अवसरमा परेकाले पारिवारिक जमघट र खुसीयाली साटासाट गर्ने उत्तम अवसर पनि हुने बताइएको छ । लक्ष्मी अटोमोटिभ डिभिजनले यस कार्यक्रममा सहभागी हुन सबैलाई आग्रह गरेको छ ।
काठमाडौं– हुन्डाई मोटर्सको सर्बाधिक सफल एसयूभी क्रेटा विगत लामो समयदेखी...
भारतमा केही समय पहिले सार्वजनिक भएको हुन्डाई क्रेटा ईभी नेपाली बजारमा...
नेपाली बजारमा इलेक्ट्रिक कारको चर्चा गर्दा जहिले पनि हुन्डाई, एमजी र...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...