बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं– बिएमडब्लु र हुन्डाई ब्राण्डको इलेक्ट्रिक कार बिक्री गर्दै आएको लक्ष्मी ग्रुपले पछिल्लो समय चीनबाट थप नयाँ ब्राण्डका ईभी भित्र्याउन थालेको छ । ग्रुप अन्तर्गतको लक्ष्मी ई–मोविलिटीले चेरी मातहतको काई ब्राण्ड भित्र्याइसकेको छ भने अर्को नयाँ ब्राण्ड कामाको इलेक्ट्रिक भ्यान तथा माइक्रोवस समेत आयत गर्ने तयारी थालेको छ ।
कामा ब्राण्डको पिकअप ट्रक भने यसअघि नै मेगा विजनेस ग्रुपले ल्याइसकेको छ । लक्ष्मी ई–मोबिलिटीले सोही ब्राण्डको ११ र १६ सिट क्षमताका भ्यान तथा माइक्रोवस भित्र्याउने गरी सम्झौता गरेको हो । यी भ्यान नेपाल आउन केही समय लाग्ने कम्पनी स्रोतको भनाई छ ।
कमर्सियल र प्यासेन्जर दुबै प्रयोजनमा प्रयोग हुने इलेक्ट्रिक भ्यानको माग बढ्न थालेपछि पछिल्लो समय ठूला व्यवसायिक घरनाको नजरमा यस्ता गाडी पर्न थालेका छन् । नेपालमा एमएडब्लु, विशाल, सिजी र त्रिबेणी जस्ता ठूला व्यपारिक घरनाले विभिन्न ब्राण्डका ईभी भ्यान आयत गरी बिक्री गर्दै आइरहेका छन् ।
विगत २० वर्षदेखी विभन्न सेग्मेन्टमा कमर्सियल गाडी उत्पादन गर्दै आएको कामाले केही वर्षदेखि न्यू इनर्जी सवारी पनि बनाउन थालेको छ । कम्पनीमा चीनको दोस्रो ठूलो कमर्सियल भेइकल ब्राण्ड डोङफेङको समेत सेयर स्वमित्व रहेको छ । कामाले निकट भविष्यमा इलेक्ट्रिक प्यासेन्ज कार समेत उत्पादन गर्ने योजना बनाएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...