बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं – हुन्डाई गाडीको आधिकारिक बिक्रेता बनेर चर्चामा आएको लक्ष्मी ग्रुप अब टाटा ग्रिन ब्याट्रीको समेत आधिकारिक वितरक बनेको छ ।
लक्ष्मी ग्रुपले पछिल्लो सयम नयाँ नयाँ ब्रान्डका सवारीसाधन र यसका लागि आबश्यक पर्ने कम्पोनेन्ट भित्राउँदै लगेको छ । हाल यो गु्रप अन्तर्गत अटोमोबाइल डिभिजनमा हुन्डाई सहित बिएमडब्लु कार, एसएमएल इसुजुका कमर्सियल भेइकल कारोबार भइरहेको छ भने कम्पोनेन्टतर्फ टोटल र एस आयल, हेन्कुक र नेक्सन टायर कारोबार हुँदै आएकोमा पछिल्लो समय टाटा ग्रिन ब्याट्रीसमेत थप भएको छ । भारतमा टाटा ग्रुप अन्तर्गतको टाटा अटोकम्पले उत्पादन गर्ने यो ब्याट्री बलियो, मजबुत र गुणस्तरिय मानिन्छ ।
लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी अटोकम्प प्रालिले २०७६ साल चैत महिनामै यो ब्याट्रीलाई बाग्मती र गण्डकी प्रदेशका लागि आधिकारिक बितरकका रुपमा कारोबार थालेको थियो । नयाँ ब्रान्ड भित्र्याए लगत्तै कोरोना महामारीका कारण सिर्जित बिषम परिस्थितिमा पनि कारोबार राम्रो हुँदै गएको कम्पनीका बिक्री प्रमुख उमेश घिमिरेले बताए । ‘नेपाली बजारमा यो ब्याट्रीलाई विभिन्न कालखण्डमा विभिन्न कम्पनीहरुले बिक्री गर्दै आइरहेका थिए । ब्रान्ड आफैमा राम्रो भएर पनि स्थिर र स्थापित वितरकको अभावका कारण ओझेलमा परेको अवस्थालाई मध्यनजर गर्दै लक्ष्मी ग्रुपले नयाँ वितरकका रुपमा कारोबार थालेको हो’ उनले भने ।
लक्ष्मी ग्रुपले कारोबार थालेपछि बिक्री र बिक्री पछिको सेवामा बिश्वस्त हुने वातावरण बनेको उनले जिकिर गरे । उनी भन्छन, ‘ब्याट्रीको कारोबारमा बिक्री पछिको सेवाले ठूलो अर्थ राख्छ । तर हामीकहाँ नयाँ ब्रान्ड भित्र्याउने र २÷४ बर्ष काम गरेपछि कम्पनीनै बन्द गर्ने प्रशस्तै उदाहरणहरु छन् । जसका कारण ग्राहकहरु मारमा पर्ने अवस्था समेत छ । सोही कुरालाई मध्यनजर गर्दै हामीले यो ब्रान्डलाई दिगो रुपमै कारोबार गर्नेगरी बिक्री बितरण थालेका हौ । अब उप्रान्त टाटा ग्रिन ब्याट्रीमा यसअघि देखापर्दै आएका समस्याहरु पुनः दोहोरिने छैनन् ।’
बिक्री र बिक्री पछिको सेवालाई छिटो छरितो र प्रभावकारी बनाउन कम्पनीले देशका विभिन्न स्थानमा डिलर नेटवर्क सञ्चालन गर्ने तयारी थालेको घिमिरेले बताए । लक्ष्मी ग्रुपले यसको कारोबार थालेपछि बजारमा माग समेत बढ्दै गएका कारण अबको २ बर्षभित्रमा दोस्रो स्थानमा उक्लिने उनको विश्वास छ ।
हाल नेपाली बजारमा टाटा ग्रिनका टु ह्विलर, अटोमोटिभ र इन्भर्टर ब्याट्री उपलव्ध छन् । मोटरसाइकलमा २.५ एम्पियरदेखि ९ एम्पियरसम्म र अटोमोटिभमा ३५ देखि २०० एम्पियर क्षमतासम्मका ब्याट्री उपलव्ध छन् । यी ब्याट्रीको मूल्य समेत बजार सुहाउँदो रहेको घिमिरेले बताए ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...