१२२ वर्ष पहिलेको इतिहास : यस्तो थियो पहिलो आधुनिक अटो शो
अमेरिकाको न्युयोर्कस्थित म्याडिसन स्क्वायर गार्डेनमा सन् १९०० को...
काठमाडौं - लक्ष्मी ग्रुपले आफ्नो ५१औं वार्षिकोत्सव मनाएको छ । ग्रुपले आफ ूमातहतका विभिन्न संस्थामार्फत विभिन्न संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रम गर्दै आफ्नो ५१औं वार्षिकोत्सव सम्पन्न गरेको हो ।
ग्रुपअन्तर्गतको कम्पनी तथा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ललितपुरको सेरेब्रल पल्सी सेन्टरमा ६० जना बढी बालबालिकालाई स्टेसनरी र अन्य सामग्री उपलब्ध गराएको कम्पनीले जनाएको छ ।
त्यस्तै ग्रुपले रक्तदान कार्यक्रम सञ्चालन गर्योे । जसमा १०० भन्दा बढी कर्मचारीले सहभागिता जनाएका थिए ।
लक्ष्मी ग्रुपअन्तर्गतको हुन्डाई काठमाडौंले नक्सालस्थित भाटभटेनी मन्दिर र वरपर सफाइ अभियान सञ्चालन पनि गरेको छ ।
सन् १९७३ मा लक्ष्मी मिठाइ भण्डारको रुपमा मिठाइ उत्पादनबाट व्यवसाय शुरू गरेको लक्ष्मी ग्रुप कन्फेक्सनरी, निर्माण सामग्री, गाडी तथा कम्पोनेन्टको बिक्री–वितरण र होम एप्लाएन्सेसलगायत अन्य गुणस्तरीय उत्पादन र सेवाका लागि परिचित कम्पनीहरूको प्रतिष्ठित समूह बनेको छ ।
लक्ष्मी ग्रुपले हाल कन्फेक्सनरी, डेरी, प्लाष्टिक, अटोमोबाइल, इलेक्ट्रोनिक्स र स्टील लगायत क्षेत्रमा लगानी विस्तार गरेको छ । नेपाली बजारमा लक्ष्मी ग्रुपले हुन्डाई र बीएमडब्ल्यु कार तथा टोटल लुब्रिकेन्टलगायत विभिन्न अटोमोबाइल सम्बद्ध व्यवसाय गर्दै आएको छ ।
अमेरिकाको न्युयोर्कस्थित म्याडिसन स्क्वायर गार्डेनमा सन् १९०० को...
हुन्डाईले भारतीय बजारमा छिट्टै नयाँ र सस्तो एसयूभी कार लन्च गर्ने घोषणा...
हुन्डाईको लोकप्रिय प्रिमियम ह्याचब्याक आई२०को नयाँ पुस्ता लन्च गर्ने...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...