एसएमएल इसुजुका कमर्सियल भेइकल अव लक्ष्मी ग्रुपले मात्रै बिक्री गर्ने

काठमाडौं– एसएमएल इसुजुका कमर्सियल भेइकल अव लक्ष्मी ग्रुपले मात्रै बिक्री गर्ने भएको छ । यसअघि ग्रुप अन्तर्गतको लक्ष्मी कमर्सियल भेइकल आधिकारिक बिक्रेतामात्रै रहेकोमा कम्पनीले हालै एकमात्र आधिकारिक वितरकको मान्यता पाएको हो ।

जापानी प्रविधिमा आधारीत तथा भारतमा निर्मीत एसएमएल इसुजुले बस तथा ट्रकहरु निर्माण गर्दै आएको छ । नेपाली भु–बनोट तथा बजारमा लोकप्रिय तथा प्रभाबकारी मानिने एसएमएल इसुजुका सवारी साधान बिगत लामो समयदेखी लोकप्रिय रहँदै आएको छ ।

एसएमएल इसुजुको आधिकारिक बिक्रेता भएसँगै लक्ष्मी कमर्सियल भेहिकल्सले आक्रमक बजार बिस्तार तथा सुदृढीकरणका लागि सदैब तत्पर रहने जनाएको छ । लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी कमर्सियल भेहिकल्सले बिगत सात वर्षदेखी एसएमएल इसुजुका सवारी साधान बिक्री गर्दै आएको छ ।

हाल नेपालका सातै प्रदेशमा सेल्स तथा सर्भिस सञ्जाल रहेको र आगामी दिनमा अझै बिस्तार गर्दै लैजाने कम्पनीका सेल्स हेड सञ्जय खड्काले बताए ।

खड्काका अनुसार, लक्ष्मी ग्रुपले अव देशभर एसएमएल इसुजुको सेल्स, सर्भिस र स्पेयर पार्ट्स सहितको नेटवर्क विस्तार गर्न विशेष जोड दिनेछ । ‘हामीले यसअघि पनि सर्भिस र स्पेयर पार्ट्सको उपलब्धतालाई पहिलो प्राथमिकता दिँदे आएका थियौं । यस ब्रान्डप्रति हामीले देखाएको समर्पण र प्रतिबद्धतालाई मध्येनजर गरेर एसएमएल इसुजुले एकमात्र आधिकाकिर वितरकको जिम्मेवारी दिएको हो । कम्पनीको यस निर्णयबाट हामी एकदमै खुसी छौ’ खड्काले भने ।

एसएमएल ईसुजुको नेपाली बजारमा हलुकादेखी मिडियम–ड्यूटि ट्रक र प्यासेन्जर सोलुसन अन्तर्गत विभिन्न क्षमताका वसहरु उपलब्ध छन् । स्कुल वसमा यस ब्रान्डले विगत लामो समयदेखी बजारको नेतृत्व गर्दै आएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...