६५ किमी माइलेज दिने मोटरसाइकल ल्याउदै होन्डा, हिरो स्प्लेन्डरको प्रतिस्पर्धी बन्ने
होन्डाले आगामी मार्च १५ मा एक नयाँ मोटरसाइकल लन्च गर्ने योजना बनाइरहेको छ,...
चाडपर्ब नजिकिएसँगै अहिले विभिन्न अटोमोबाइल कम्पनीहरुले धमाधम स्किम तथा अफर सार्वजनिक गरिरहेका छन् । टु ह्विलरमा सबैभन्दा पहिले बजाजले यस्तो अफर सार्वजनिक गरे लगत्तै यामाहा, टीभीएस, हिरो र सुजुकीले फेस्टिभल अफर सार्बजनिक गरिसकेका छन् । त्यसैगरी पछिल्लो समयमा नेपाली बजारमा भित्रिएका मोटरहेड, बेनेली आदि ब्रान्ड समेत यसमा जोडिएका छन् ।
फेस्टिभलको यस्तो माहोलमा होन्डाले सबैभन्दा पछि हालै अफर सार्वजनिक गरेको छ । होन्डाले तीज विशेष अफर भनेर भदौ २० देखि २५ सम्मका लागि मोटरसाइकल तथा स्कुटर खरिदमा ४ हजार ५ सय रुपैयाँ क्यास ब्याक अफर ल्याएको थियो । २५ गते उक्त अफर सकिएपछि बल्ल नयाँ अफर कम्पनीले सार्वजनिक गरेको हो ।
बजारमा कारोबार हुने प्रमुख ५ प्रतिस्पर्धि ब्रान्डले दमदार अफर सार्वजनिक गर्दा समेत होन्डा भने तीज अफरमै अल्झिएर बसेको गुनासो नाम उल्लेख नगर्ने शर्तमा एकजना डिलरले गरे । यसले गर्दा यो सिजनमा होन्डाको कारोबार प्रभाबित बन्न सक्ने उनको आशंका थियो । बजारमा फेस्टिभल माहोल बनिसकेको बताउँदै उनले भने, ‘ग्राहक शोरुम आएर होन्डाको दशैं तिहार अफर के छ भनेर सोध्छन् । तर हामीले आउँदै छ भनेर फर्काउनु परेको छ । अन्य प्रतिस्पर्धि ब्रान्डले अफरको प्रचार गरेर बाइक बिक्री गर्न थालिसकेका कारण छिट्टै अफर ल्याउन दबाब सिर्जना भएको छ ।’ यस्तोमा ढिलो गरे बिक्री प्रभाबित बन्नसक्ने उनको भनाइ थियो ।
यद्यपि ढिलो आयो, कडा आयो भने झै होन्डाले अफर सार्वजनिक गरिसकेको छ । कम्पनीले नेपालमै पहिलो पटक ७ प्रदेशलाई समावेश गरेर हरेक प्रदेशबाट १ जनालाई १ लाख नगद प्रदान गर्ने अफर ल्याएको छ । होन्डाले यसका लागि ‘होन्डा ५ साथ ७, बम्परमा थप रु. १५ लाख’ राखेको छ । लक्की ड्रबाट विजेताको छनोट गरिने छ ।
कुनै पनि होन्डा मोटरसाइकल वा स्कुटर किन्ने ग्राहकले स्क्र्याच कुपनमा १ लाख रुपैयाँ सम्मको क्यासब्याक प्राप्त गर्न सक्ने छन् । त्यसैगरी स्पेयर पार्ट्समा ७ वर्षका लागि ७ प्रतिशत छुट प्रदान गरिने छ भने ७ वर्ष सम्म ९ वटा फ्रि सर्भिसिङ कुपन प्राप्त गर्न सकिने छ । होन्डाका बिग बाइकमा भने ३५ हजार रुपैयाँ सम्म क्यासब्याक प्राप्त गर्न सकिने छ । त्यसैगरी बम्पर पुरस्कारको रुपमा १५ लाख रुपैयाँ सम्म जित्न सकिने छ ।
यस्तो छ टीभीएस, बजाज, यामाहा, हिरो र सुजुकीले सार्वजनिक गरेको अफर
हालसम्म सार्बजनिक गरिएको स्किममध्ये टीभीएसको अफरमा ग्राहकहरु बढी आकर्षित देखिएका छन् । टीभीएसले ‘६ प्राइजको सरप्राइज’ नामक अफर सार्बजनिक गरेको छ । कम्पनीले मोटरसाइकल नकिन्दैदेखि किनेपछि, दैनिक, हरेक हप्ता, हरेक महिना र बम्पर प्राइज गरेर छ पटक उपहार जित्नसक्ने योजना ल्याएको हो ।
टीभीएसको यो योजना अन्तर्गत ग्राहकले बाइक किन्नु अघिनै बढीमा १ लाख रुपैयाँ सम्म जित्ने सक्ने र बिचको अन्य चरणमा समेत १० लाख रुपैयाँसम्म नगद, मोबाइल फोन, क्यासब्याक र हरेक महिना ७ लाख ८० हजार मूल्य पर्ने अपाचे आरआर ३१० मोटरसाइकल प्राप्त गर्न सक्नेछन् । त्यसैगरी बम्पर पुरस्कारको रुपमा अन्त्यमा एक जनालाई ३७ लाख ९९ हजार मूल्य पर्ने प्रोटोन सागा कार प्रदान गरिने छ ।
बजाजले ‘खुसीको ३ डोज’ नामक अफर ल्याएको छ । यस अन्तर्गत मोटरसाइकल किन्नु भन्दा पहिले नै यो स्किमका लागि रजिस्टर गरेर १० हजार रुपैयाँ सम्म छुट पाउन सकिने छ । यो रकम मोटरसाइकल खरिद गरे पछि भुक्तानी हुनेछ ।

दोस्रो डोज अन्तर्गत मोटरसाइकल किन्दा १ लाख रुपैयाँ सम्म छुट पाइने छ । अनि तेस्रो डोज अन्तर्गत मोटरसाइकल किने पछि प्रत्येक महिना एक जना ग्राहकले गोला प्रथामार्फत १० लाख रुपैयाँको बम्पर पुरस्कार पाउने छन् ।
त्यसैगरी अर्को चर्चित टु ह्विलर ब्रान्ड यामाहाले ‘रेस फर दि एस’ स्लोगन सहित फेस्टिवल अफर सार्बजनिक गरेको छ । सार्वजनिक भएको उक्त स्किम अन्तर्गत बम्परमा एकजना भाग्यशाली विजेताले १२ तोला सुन उपहार पाउनेछन् । फेस्टिभल सिजनमा यामाहा मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले स्क्र्याचमार्फत न्यूनतम ८ हजारदेखि १ लाख रुपैयाँसम्म स्योर सट छुट पाउनेछन् । त्यसैगरी लक्की ड्रमार्फत हरेक हप्ता एकजना भाग्यशाली विजेताले ४ तोला सुनको एक्का तास उपहारस्वरुप पाउने बताइएको छ । बम्परमा भने एकजना भाग्यशाली विजेताले ४ तोला तौल भएको तीनवटा एक्का तास अर्थात १२ तोला सुन उपहार पाउनेछन् ।
हिरोले ‘दशैंंको बेला हिरोको मेला’ भन्ने नयाँ योजना ल्याएको छ । यस योजना अन्तर्गत हिरो मोटरसाइकल तथा स्कुटर किन्ने ग्राहकले ६ हजार रुपैयाँ पक्का डिस्काउन्ट, स्क्रयाच कार्ड मार्फत १ लाख सम्म पाउन सक्ने र बम्पर लक्की ड्रमार्फत एक जनाले १ लाख नगद पाउने छन् । साथै सबै हिरो मोटरसाइकल र स्कुटरमा शून्य प्रतिशत ब्याजमा ५० प्रतिशत फाइनान्स सुविधा पनि उपलब्ध रहेको बताएको छ ।
सुजुकीले ‘दशै आयो उमंग छायो क्यासब्याक र बम्पर पायो’ नामक अफर ल्याएको छ । यस अन्तर्गतका सुजुकीका कुनै पनि बाइक र स्कुटर किन्दा १० हजार रुपैयाँ स्योर सट डिस्काउन्ट पाइने छ । त्यसैगरी १ वर्ष सम्म सडक दस्तुर छुट पाइने छ भने फोर्टनाइट बम्पर अन्तर्गत प्रत्येक १५ दिनमा एक जना विजेतालाई सुजुकी इन्ट्रयुडर बाइक उपहारको रुपमा प्रदान गरिने छ । फोर्टनाइट बम्परको विजेता हरेक दोस्रो हप्ता भीजी सुजुकी नेपालको अफिसियल फेसबुक पेजमार्फत लाइभ छनोट गरिने बताइएको छ ।
होन्डाले आगामी मार्च १५ मा एक नयाँ मोटरसाइकल लन्च गर्ने योजना बनाइरहेको छ,...
काठमाडौं–जापनिज अटो निर्माता होन्डाले भारतमा आफ्नो बजार हिस्सा बढाउन...
होन्डा बिगविङले नयाँ बाइकको टिजर सार्वजनिक गरेको छ । सो बाइकले रोयल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...