केटीएम आरसी रेन्ज र एड्भेन्चर रेन्ज नयाँ रङमा

केटीएम इन्डियाले आरसी र एड्भेन्चर रेन्ज अपडेट सहित नयाँ रङमा पेश गरेको छ । यद्यपि यसमा कुनै मेकानिकल परिवर्तन भने गरिएको छैन । नयाँ लुक दिने उद्देश्यले सो बाइक अब नयाँ रङ र ग्राफिक्ससहित आउने भएको छ ।

२०२४ केटीएम २५० अब नयाँ लुनर ग्रे रङमा उपलब्ध हुने भएको छ । साथै २०२४ केटीएम ३९० एड्भेन्चर २ नयाँ रङमा उपलब्ध हुनेछ । यसमा क्लासिक ओरेन्ज र ब्ल्याक शेड एडीभी प्रमुख रङ हुनेछ । यसमा नयाँ ग्रे र ह्वाइट रङको विकल्प पनि रहेको छ ।

कम्पनीले आफ्नो बाइकका लागि ओभरलेड ग्राफिक्ससहितको लामो पेन्ट लाइफ र प्रिमियम फिनिश सुनिश्चित गर्ने वेट पेन्ट प्रक्रियालाई पछ्याएको छ । केटीएम ३९० एड्भेन्चर एक्स र स्पोक ह्विल भर्सनमा कुनै परिवर्तन गरिएको छैन ।

२०२४ केटीएम आरसी३९० ओरेन्ज रङमा उपलब्ध हुने भएको छ । २०२४ केटीए आरसी १२५ र आरसी २०० बोल्ड ब्लु रङ विकल्पको साथ नयाँ ब्ल्याक शेडमा उपलब्ध हुनेछ, जबकि ओरेन्ज रङलाई यथावत राखिएको छ ।

केटीएम आरसी र एड्भेन्चर लाइनअपले आफ्नो सेगमेन्टमा रहेका अन्य बाइकलाई उछिनेर अतुलनीय पावर, टर्क र एजिलिटीका साथ बेन्चमार्क सेट गरेको कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

मासिक २० हजार किस्ताबन्दीमा केटीएम आरसी २००

मासिक २० हजार किस्ताबन्दीमा केटीएम आरसी २००

नेपाली बजारमा उपलब्ध केटीएमका विभिन्न मोटरसाइकल मध्ये आरसी २०० पनि एक हो ।...

बेनेलीको एउटै मोटरसाइकलमा १ लाख १० हजार रुपैयाँ छुट, यस्तो छ कारण

बेनेलीको एउटै मोटरसाइकलमा १ लाख १० हजार रुपैयाँ छुट, यस्तो छ कारण

काठमाडौं – बेनेलीको ११०औं वार्षिकोत्सवको अवसरमा बेनेलीको हालै नेपाल...

केटीएमले ७५० ड्युक र अन्य मोडल ल्याउने पक्का

केटीएमले ७५० ड्युक र अन्य मोडल ल्याउने पक्का

केटीएमले नयाँ ७५० रेन्जमा मोटरसाइकल ल्याउने घोषणा गरेको छ । कम्पनीको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...