केटीएमले सार्वजनिक ग-यो आरसी ३९० को टिजर, सेप्टेम्वर महिनामै लन्च गरिने

केटीएमले आफ्नो आउँदै गरेको नयाँ बाइक आरसी ३९० को टिजर सार्वजनिक गरेको छ । सेप्टेम्वर महिनाभित्र लन्च गरिने भनिएको उक्त बाइकको मूल्य भने सार्वजनिक गरिएको छैन । केटीएमले आरसी रेन्जमा १२५, २०० र ३९० गरी कुल तीनवटा मोडलको उत्पादन गरिरहेको छ । जसमध्ये आरसी १२५ र २५० को यसअघि नै टिजर सार्वजनिक भैसकेको छ ।

आरसी ३९० मा केटीएमले अन्तर्राष्ट्रिय बजारमा यसअघि कारोबार हुँदै आइरहको ३९० एड्भेन्चरमा जस्तै एड्जस्ट गर्न मिल्ने सस्पेन्सन उपलब्ध गराएको छ । त्यसैगरी ड्युक ३९० मा उपलब्ध गराउँदै आएको टिएफटी डिस्प्ले उपलब्ध गराएको छ । जहाँबाट राइडरले ब्लुटुथ कनेक्ट गरी राइडिङको मज्जा लिन सक्नेछन् ।

यसका साथै टर्न बाई टर्न नेभिगेसन, फोन कन्ट्रोल र मिडिया प्लेब्याक फिचर्स समेत उपलब्ध गराइएको छ । यो बाइकमा कम्पनीले दुईवटा फ्यान सहितको कर्भ रेडिएटर जडान गरेको छ । जसले गर्दा इन्जिनको कुलिङ सिस्टमलाई थप प्रभावकारी बनाउने दाबी गरिएको छ ।

भारतीय बजारमा सार्वजनिक भएलगत्तै नेपाली बजारमा समेत यसलाई सार्वजनिक गरिने अनुमान लगाउन सकिन्छ ।

सम्बन्धित समाचारहरू

२०२२ मोडलको केटीएम ३९० एड्भेन्चर देखियो भारतीय डिलरमा, तीन महिना भित्र नेपाल आउने

२०२२ मोडलको केटीएम ३९० एड्भेन्चर देखियो भारतीय डिलरमा, तीन महिना भित्र नेपाल आउने

गत महिनामा अमेरिकी बजारमा लन्च भए पश्चात केटीएच २०२२ ३९० एड्भेन्चर भारतीय...

एसवाईएमको नयाँ बाइक आउँदै, देशभर डिलरका लागि प्रस्ताव आह्वान

एसवाईएमको नयाँ बाइक आउँदै, देशभर डिलरका लागि प्रस्ताव आह्वान

काठमाडौं – नेपाली बजारमा एसवाईएम ब्रान्डको बाइक एनएचटी २०० उपलब्ध हुने...

परीक्षणको क्रममा देखियो २०२५ केटीएम ३९० एड्भेन्चर बाइक

परीक्षणको क्रममा देखियो २०२५ केटीएम ३९० एड्भेन्चर बाइक

भारतीय सडकमा २०२५ केटीएम ३९० एड्भेन्चर बाइक परीक्षणको क्रममा देखिएको छ,...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...