स्पोर्ट्स बाइक सेग्मेन्टमा नयाँ विकल्प थप्दै केटीएम आरसी १६० लन्च

स्पोर्ट्स बाइक सेग्मेन्टमा नयाँ विकल्प थप्दै केटीएमले नयाँ फुल फेयर्ड स्पोर्ट्स बाइक आरसी १६० लन्च गरेको छ । रेसिङ डीएनएबाट प्रेरित सो बाइक १६० सीसी सेगमेन्टमा प्रदर्शन, डिजाइन र किफायती मूल्यको सन्तुलन खोज्ने सवारलाई लक्षित गरेको छ ।

केटीएम आरसी १६० मा १६४.२ सीसी क्षमताको लिक्विड-कुल्ड, सिंगल-सिलिन्डर एसओएचसी इन्जिन दिइएको छ। सो इन्जिनले ९५०० आरपीएममा १९ बीएचपी पावर र ७५०० आरपीएममा १५.५ एनएम टर्क उत्पादन गर्छ। यसलाई असिस्ट र स्लिपर क्लचसहितको ६ स्पिड गियरबक्ससँग जोडिएको छ । बाइकको उच्चतम गति ११८ किलोमिटर प्रतिघण्टा रहेको छ ।

सो बाइकमा १३.७५ लिटर क्षमताको मेटल फ्युल ट्याङ्की दिइएको छ । बाइकमा पूर्ण एलईडी लाइटिङ सेटअप, स्प्लिट ह्यान्डलबार र एलसीडी इन्स्ट्रयुमेन्ट क्लस्टर जस्ता फिचर समावेश छ । यसको टीए भेरिएन्टमा नेभिगेसन सपोर्ट पनि उपलब्ध गराइएको छ। साथै, सुपरमोटो मोडसहितको एबीएस, इलेक्ट्रोनिक फ्युल इन्जेक्सन र स्लिपर क्लचजस्ता प्रविधि समावेश गरिएको छ ।

केटीएम आरसी १६० को लुक पूर्ण रूपमा केटीएमको रेसिङ बाइकहरूबाट प्रेरित देखिन्छ। यसमा सस्पेन्सनका लागि अगाडि ३७ एमएम अपसाइड-डाउन फोर्क र पछाडि मोनोशक युनिट प्रयोग गरिएको छ। बाइकमा १७ इन्चका अलोय ह्विल दिइएको छ, जसमा अगाडि ११०/७० र पछाडि १४०/६० सेक्शनका टायर छ । ब्रेकिङका लागि अगाडि ३२० एमएम र पछाडि २३० एमएम डिस्क ब्रेक दिइएको छ ।

सम्बन्धित समाचारहरू

सांघाई अटो शोमा होन्डाले लन्च ग-यो सीबी४००एफ र सीबी४००एक्स बाइक

सांघाई अटो शोमा होन्डाले लन्च ग-यो सीबी४००एफ र सीबी४००एक्स बाइक

चाइनिज र जापनिज बजारलाई लक्ष्यित गरी होन्डाले सीबी४००एफ र सीबी४००एक्स...

बेनेलीको एउटै मोटरसाइकलमा १ लाख १० हजार रुपैयाँ छुट, यस्तो छ कारण

बेनेलीको एउटै मोटरसाइकलमा १ लाख १० हजार रुपैयाँ छुट, यस्तो छ कारण

काठमाडौं – बेनेलीको ११०औं वार्षिकोत्सवको अवसरमा बेनेलीको हालै नेपाल...

परीक्षणको क्रममा देखियो २०२५ केटीएम ३९० एड्भेन्चर बाइक

परीक्षणको क्रममा देखियो २०२५ केटीएम ३९० एड्भेन्चर बाइक

भारतीय सडकमा २०२५ केटीएम ३९० एड्भेन्चर बाइक परीक्षणको क्रममा देखिएको छ,...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...