केटीएम बाइकको मूल्यमा भारी वृद्धि, एउटै बाइकमा ९५ हजार सम्म मूल्य वृद्धि

काठमाडौं – नेपाली बजारमा केटीएम बाइकको मूल्य भारी रुपमा वृद्धि भएको छ । केटीएमको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले आज साउन १५ देखि लागू हुने गरी बाइकको मूल्यमा वृद्धि गरेको हो ।

नयाँ मूल्य सूची अनुसार केटीएम आरसी ३९० को मूल्यमा ९५ हजार रुपैयाँले वृद्धि भई ९ लाख ४४ हजार ९ सय रुपैयाँ पुगेको छ । पहिले यसको मूल्य ८ लाख ४९ हजार ९ सय रुपैयाँ पुगेको छ ।

केटीएम ३९० ड्युक र ३९० एड्भेन्चरको मूल्यमा ९० हजार रुपैयाँले वृद्धि भएको छ । ३९० ड्युकको मूल्य ९ लाख ६९ हजार ९ सय र ३९० एड्भेन्चरको मूल्य १० लाख ८९ हजार ९ सय रुपैयाँ पुगेको छ ।

केटीएम २५० एड्भेन्चरको मूल्य ७० हजार रुपैयाँले वृद्धि भई ८ लाख १९ हजार ९ सय रुपैयाँ पुगेको छ भने केटीएम २५० ड्युकको मूल्यमा ५० हजारले वृद्धि भई ७ लाख २४ हजार ९ सय रुपैयाँ पुगेको छ ।

केटीएम आरसी २०० र केटीएम २०० ड्युकको मूल्यमा ४० हजार रुपैयाँले वृद्धि भएको छ । अब यी बाइकको मूल्य क्रमशः ६ लाख ५९ हजार ९ सय र ५ लाख ८४ हजार ९ सय रुपैयाँ पुगेको छ ।

साउन १५ देखि यी बाइकको मूल्यमा वृद्धि हुने घोषणा केटीएमले पहिले नै गरेको थियो । गत चैत महिनामै कम्पनीले प्रारम्भिक मूल्य सार्वजनिक गरेको र केही समय पछि मूल्य बढ्ने बताएको थियो । तर निषेधाज्ञाका कारण अहिले मात्र मूल्य वृद्धि गरिएको कम्पनी स्रोतको भनाइ छ ।

नेपालमा उपलब्ध केटीएम बाइक र तिनको मूल्य तथा विशेषता यहाँ हेर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

केटीएममाथि बजाजको अब पूर्ण नियन्त्रण, ८० करोड युरोमा शतप्रतिशत सेयर खरिद

केटीएममाथि बजाजको अब पूर्ण नियन्त्रण, ८० करोड युरोमा शतप्रतिशत सेयर खरिद

बजाज अटोले केटीएममा पूर्ण नियन्त्रण कायम गरेको छ । कम्पनीले अस्ट्रियाली...

जेन ३ को केटीएम ड्युक २५० नेपालमा, मूल्य ७ लाख ४० हजार

जेन ३ को केटीएम ड्युक २५० नेपालमा, मूल्य ७ लाख ४० हजार

नेपाली बजारमा केटीएम ड्युक जेन ३ भर्सन भित्रिएको छ । केटीएमको नेपालका लागि...

३५० सीसी इन्जिनमा आयो ३९० ड्युक र ३९० एडभेन्चर, मूल्य कति ?

३५० सीसी इन्जिनमा आयो ३९० ड्युक र ३९० एडभेन्चर, मूल्य कति ?

केटीएमले ३९० ड्युक र ३९० एडभेन्चरलाई ३५० सीसी इन्जिनमा उतारेको छ । नयाँ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...