नयाँ ड्यूक ३९० को बिक्री सुरु, पहिलो दिनमै ५० वटा बाइक हस्तान्तरण
काठमाडौं–केटिएम ३९० ड्यूकको थर्ड जेनेरेशन नेपाली बजारमा लन्च भएको छ ।...
केटीएमले १६० सीसी सेग्मेन्टमा सबैभन्दा शक्तिशाली मोटरसाइकल १६० ड्युक लन्च गरेको छ । यसको मूल्य भारतीय बजारमा १ लाख ८५ हजार निर्धारण गरिएको छ ।
सो नयाँ मोटरसाइकलमा १६४.२ सीसी सिंगल–सिलिन्डर, लिक्विड–कुल्ड इन्जिन जडान गरिएको छ । यसले ९५०० आरपीएममा १८.७ बीएचपी र ७५०० आरपीएममा १५.५ एनएम टर्क जेनेरेट गर्दछ । बाइकमा असिस्ट र स्लिपर क्लच फिचर सहितको ६–स्पिड गियरबक्स राखिएको छ ।
२०० ड्युककै प्लटेफर्ममा तयार पारिएको यस मोटरको अगाडि ४३ एमएम डब्लुपी अपसाइड–डाउन फोर्क र पछाडि प्रिलोड–एडजस्टेबल डब्लुपी मोनोशक सस्पेन्सन जडान गरिएको छ । स्टिल ट्रेलिस फ्रेममा तयार पारिएसको सो मोटरको अगाडिको भागमा सिंगल ३२० एमएम डिस्क र पछाडिको भागमा २३० एमएम डिस्क ब्रेक दिइएको छ । साथै यसमा, डुअल–च्यानल एबीएस र अफरोड एबीएस समेत पाउन सकिन्छ ।
लुक्स र डिजाइनको कुरा गर्नुपर्दा १६० ड्युक केटीएमको अन्य स्ट्रिट फाइटर जस्तै देखिन्छ । एग्रेसिभ डिजाइनमा तयार पारिएको यस मोटरसाइकमा एलइडी हेडल्याम्प, टु–पिस सिट र साँघुरो टेल सेक्सन दिइएको छ ।
एलसीडी इन्स्ट्रयुमेन्ट कन्सोल राखिएको बाइकमा १६० ड्युक ब्लुटुथ कनेक्टिभिटी, टर्न–बाइ–टर्न नेभिगेसन र कल तथा म्युजिक कन्ट्रोल लगायत फिचर पाउन सकिन्छ ।
काठमाडौं–केटिएम ३९० ड्यूकको थर्ड जेनेरेशन नेपाली बजारमा लन्च भएको छ ।...
केटिएम ड्यूक २५० नयाँ भर्सनमा आएको छ । नयाँ मोटरसाइकलमा केटिएमले नयाँ...
चीनीयाँ ब्रान्ड सिएफमोटो एड्भेन्चर, सुपर स्पोर्टस्, टुरर र स्पोर्टस...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...