केटीएम ३९० इन्डुरो आर सार्वजनिक, यस्तो छ मूल्य र विशेषता

केटीएमले भारतमा नयाँ एड्भेन्चर मोटरसाइकल ३९० इन्डुरो आर सार्वजनिक गरेको छ । ३ लाख ३६ हजार भारु मूल्य तोकिएको यस मोटरसाइकल टु–पीस स्टिल ट्रेलिस फ्रेममा आधारित छ ।

२५ एमएम ह्यान्डलबार राइजर र सब–फ्रेम माउन्ट दिइएको यस मोटरसाइकल विशेष गरी अफ–रोड प्रयोगको लागि इन्जिनियर गरिएको हो ।

३९० इन्डुरो आरमा थर्ड जेनेरेशन केटीएम ३९० मा प्रयोग भएको उही ३९९ सीसी, सिंगल–सिलिन्डर इन्जिन जडान गरिएको छ । उक्त इन्जिनमा सानो सिलिन्डर हेड, नयाँ इन्धन इन्जेक्टरहरू, पुनः डिजाइन गरिएको एयरबक्स र नयाँ एक्जस्टका साथ ठूलो भल्व कभर रहेको छ । साथै यसको गियरवक्समा समेत सुधार गरिएको छ ।

सो नयाँ मोटरसाइकलमा स्लिपर क्लच, क्विक शिफ्टर प्लस सिस्टम, एबीएस, युएसबी–सी चार्जिङ पोर्ट, ब्लुटुथ कनेक्टिभिटी र टर्न–बाई–टर्न नेभिगेसन जस्ता सुविधाहरू सहितको नयाँ ४.२–इन्च डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल दिइएको छ ।

केटीएमको सो नयाँ मोटरसाइकल अवको केही समयपछि नेपाली बजारमा समेत उपलब्ध हुनेछ । केटीएमलाई नेपालमा हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले बिक्री गर्दै आएको छ । नेपाल आउँदा यसको मूल्य १० लाख हाराहारी पर्ने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

वीरगन्जमा खुल्यो केटीएम र हस्कभर्ना मोटरसाइकलको सोरुम

वीरगन्जमा खुल्यो केटीएम र हस्कभर्ना मोटरसाइकलको सोरुम

वीरगन्ज – वीरगन्जको गण्डकचोकमा प्रतिष्ठित ब्रान्ड केटीएम र हस्कभर्ना...

केटीएमको नयाँ २०२७ फ्रीराइड ई पेश, १.५ घण्टामा चार्ज हुने र शक्तिशाली अफरोड प्रदर्शन

केटीएमको नयाँ २०२७ फ्रीराइड ई पेश, १.५ घण्टामा चार्ज हुने र शक्तिशाली अफरोड प्रदर्शन

केटीएमले आफ्नो बहुप्रतीक्षित इलेक्ट्रिक अफरोड मोटरसाइकल २०२७ फ्रीराइड ई...

आउँदै छ नयाँ जेनेरेसन केटीएम आरसी ३९०, यस्तो हुनेछ विशेषता

आउँदै छ नयाँ जेनेरेसन केटीएम आरसी ३९०, यस्तो हुनेछ विशेषता

बाइक निर्माता कम्पनी केटीएमले केही समय यता नयाँ जेनेरेसन आरसी रेन्जमा थप...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...