१० वर्षपछि सुपर मोटो टुरर सेगमेन्टमा केटीएमको पुनरागमन
१० वर्षपछि सुपर मोटो टुरर सेग्मेन्टमा केटीएम ८९० एसएमटी बाइक पुनरागमन...
केटीएमले भारतमा नयाँ एड्भेन्चर मोटरसाइकल ३९० इन्डुरो आर सार्वजनिक गरेको छ । ३ लाख ३६ हजार भारु मूल्य तोकिएको यस मोटरसाइकल टु–पीस स्टिल ट्रेलिस फ्रेममा आधारित छ ।
२५ एमएम ह्यान्डलबार राइजर र सब–फ्रेम माउन्ट दिइएको यस मोटरसाइकल विशेष गरी अफ–रोड प्रयोगको लागि इन्जिनियर गरिएको हो ।
३९० इन्डुरो आरमा थर्ड जेनेरेशन केटीएम ३९० मा प्रयोग भएको उही ३९९ सीसी, सिंगल–सिलिन्डर इन्जिन जडान गरिएको छ । उक्त इन्जिनमा सानो सिलिन्डर हेड, नयाँ इन्धन इन्जेक्टरहरू, पुनः डिजाइन गरिएको एयरबक्स र नयाँ एक्जस्टका साथ ठूलो भल्व कभर रहेको छ । साथै यसको गियरवक्समा समेत सुधार गरिएको छ ।
सो नयाँ मोटरसाइकलमा स्लिपर क्लच, क्विक शिफ्टर प्लस सिस्टम, एबीएस, युएसबी–सी चार्जिङ पोर्ट, ब्लुटुथ कनेक्टिभिटी र टर्न–बाई–टर्न नेभिगेसन जस्ता सुविधाहरू सहितको नयाँ ४.२–इन्च डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल दिइएको छ ।
केटीएमको सो नयाँ मोटरसाइकल अवको केही समयपछि नेपाली बजारमा समेत उपलब्ध हुनेछ । केटीएमलाई नेपालमा हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले बिक्री गर्दै आएको छ । नेपाल आउँदा यसको मूल्य १० लाख हाराहारी पर्ने अनुमान गर्न सकिन्छ ।
१० वर्षपछि सुपर मोटो टुरर सेग्मेन्टमा केटीएम ८९० एसएमटी बाइक पुनरागमन...
इटालीको प्रसिद्ध कम्पनी डुकाटीले दुबईको बुर्ज खलिफामा भइरहेको यस वर्षको...
केटिएमले आफ्नो लोकप्रिय मोटरसाइकल २५० एड्भेन्चरको २०२५ मोडल लन्च गर्ने...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...