शनिबार केटीएम २५० एड्भेन्चरको मज्जा लिन सकिने
काठमाडौं – नेपाली बजारमा भित्रिएको नयाँ २०२३ मोडलको केटीएम २५०...
काठमाडौं– केटीएम नेपाली बजारमा सर्बाधिक रुचाइएको माटरसाइकल ब्रान्ड हो । युवा राइडरमाझ लोकप्रिय यस ब्रान्डका प्राय सबैजसो मोडलले नेपालमा राम्रो बजार पाइरहेको छ । प्रिमियम सेग्मेन्टमा केटीएमले निकै राम्रो चर्चा वटुलिरहेको छ । नेपाली बजारमा यसको कारोबार हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले गर्दै आएको छ । कम्पनीले हाल यसको ७ वटा मोडल उपलब्ध गराएको छ ।
ड्यूक २०० नेपाली बजारमा उपलब्ध सबैभन्दा सस्तो केटीएम मोडल हो । यस मोटरसाइकलको मूल्य ६ लाख रुपैयाँ निर्धारण गरिएको छ । २०० सिसी क्षमताको इन्जिन जडित यस मोटरसाइकलमा एलईडी हेडलाइट, ५ इन्चको टिएफटी कलर डिस्प्ले र डुअल च्यानल एबिएस उपलब्ध गराइएको छ ।
ड्यूक २०० पछि दोस्रो किफायती मोडलका रुपमा आरी २०० बिक्री हुँदै आएको छ । यस मोटरसाइकलको मूल्य ६ लाख ९५ हजार रुपैयाँ पर्छ । स्पोर्टी लुक्समा निकै आकर्षक देखिने आरसी २०० मा पनि २०० सिसी क्षमताकै इन्जिन जडान गरिएको छ । यस मोटरसाइकलमा कलर टिएफटी डिस्प्ले, कर्नरिङ एबिएस र स्लिपर क्लच लगायत थुप्रै आधुनिक फिचर उपलब्ध छ ।
केटीएमले नेपाली बजारमा उपलब्ध गराउँदै आएको अर्को मोडल ड्यूक २५० को मूल्य ७ लाख १५ हजार रुपैयाँ निर्धारण गरिउको छ । २४८.८ सिसी क्षमताको इन्जिन जडान गरिएको यस मोटरसाइकलमा फुल टिएफटी डिस्प्ले, मल्टिपल एबिएस मोड, स्लिपर क्लच र क्विकसिफ्टर प्लस लगायत फिचर दिइएको छ ।

कम्पनीले एड्भेन्चर सेग्मेन्टमा यसको एड्भेन्चर २५० समेत बिक्री गर्दै आएको छ । डकार र्यालीबाट प्रेरित डिजाइनमा तयार पारिएको केटीएम एड्भेन्चर २५० को मूल्य ७ लाख ५० हजार रुपैयाँ तोकिएको छ । २४९.०७ सिसी क्षमताको इन्जिन जडित यस मोटरसाइकलमा स्विचेवल डुअल डिस्कसहितको डुअल च्यान एबिएस दिइएको छ ।
त्यसैगरी, अर्को नयाँ मोडल ड्यूक ३९० को मूल्य ९ लाख ५० हजार रुपैयाँ पर्छ । शार्प र एग्रेसिभ डिजाइनमा तयार पारिएको यस मोटरसाइकलमा ३९८.७ सिसी क्षमताको शक्तिशाली इन्जिन जडान गरिएको छ । केटिएम एड्भेन्चर ३९० मा मल्टिपल राइडिङ मोड, क्विकशिफ्टर प्लस, क्रुज कन्ट्रोल, ट्रयाक्सन कन्ट्रोल, कर्नरिङ एबिएस र स्विचेवल एबिएस लगायत आधुनिक फिचर दिइएको छ ।
केटीएमले हालै नेपाल ल्याएको अर्को नयाँ मोडल एन्ड्यूरो ३९० आरको मूल्य १० लाख रुपैयाँ निर्धारण गरिएको छ । केटिएमको पहिलो डुअल स्पोर्ट मोडलका रुपमा आएको यस मोटरसाइकलमा ३९८.७ सिसी क्षमताको इन्जिन जडान गरिएको छ । एन्ड्यूरो ३९० आरमा स्विचेवल एबिएस, मल्टिपर राइडिङ मोड, टिएफटी डिस्प्ले, स्लिपर क्लच र फुल एलईडी सेटअप राखिएको छ ।
केटीएमको नेपाली बजारमा सबैभन्दा महंगो मोडल भने ३९० एड्भेन्चर आर हो । यस मोटरसाइकलको मूल्य १० लाख ७५ हजार रुपैयाँ निर्धारण गरिएको छ । बाइकमा ३९८.७ सिसी क्षमताको अपडेटेड इन्जिन जडान गरिएको छ । एड्भेन्चर टुरर एर्गोनोमिक्स डिजाइनमा तयार पारिएको यस मोटरसाइकलमा डुअल डिस्क सहितको डुअल च्यान एबिएस, स्लिपर क्लच, ट्रयाक्सन कन्ट्रोल र एड्जस्टेवल सस्पेन्सन सेटअप दिइएको छ ।

काठमाडौं – नेपाली बजारमा भित्रिएको नयाँ २०२३ मोडलको केटीएम २५०...
काठमाडौं – नेपालका मोटरसाइकल उत्साहीहरूको लागि रोमाञ्चक अवसरको रूपमा...
केटीएमले भारतमा नयाँ एड्भेन्चर मोटरसाइकल ३९० इन्डुरो आर सार्वजनिक गरेको छ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...