२०० सीसी भन्दा बढी क्षमताका बाइक खोज्नेका लागि केटीएम : यस्तो छ सबै मोडलको मूल्य

काठमाडौं – नेपाली बजारमा हाल १५० सीसी भन्दा बढी क्षमताका बाइक भित्र्याउन नपाइने अवस्था छ । सरकारले विदेशी मुद्रा सञ्चिति कम भएको भन्दै आगामी मंसिर २८ सम्मका लागि यी बाइक भित्र्याउन प्रतिबन्ध लगाएको छ ।

यद्यपि बजारमा केही ब्रान्डका केही मोडलका बाइक भने उपलब्ध छन् । ती मध्ये केटीएम ब्रान्ड एक हो । अष्ट्रियन ब्रान्ड केटीएमका २०० देखि ३९० सीसी सम्मका बाइक पहिले उपलब्ध भएकोमा हाल नेपालमा बिक्रीका लागि केही मोडल मात्र उपलब्ध छन् ।

नेपाली बजारमा केटीएम ड्युक २०० को मूल्य ५ लाख ६४ हजार ९ सय, केटीएम ड्युक २५० को मूल्य ७ लाख ८४ हजार ९ सय र केटीएम ड्युक ३९० को मूल्य ९ लाख ९९ हजार रुपैयाँ छ ।

त्यसैगरी केटीएम आरसी २०० को मूल्य ६ लाख ७४ हजार ९ सय र आरसी ३९० को मूल्य ९ लाख ४४ हजार ९ सय रुपैयाँ छ ।

केटीएम २५० एड्भेन्चरको मूल्य ८ लाख १९ हजार ९ सय र केटीएम ३९० एड्भेन्चरको मूल्य १० लाख ८९ हजार ९ सय रुपैयाँ छ ।

यद्यपि हाल नेपाली बजारमा ३९० सीसीका बाइक भने बिक्रीका लागि उपलब्ध छैनन् । नेपाली बजारमा हंसराज हुलासचन्द एन्ड कम्पनीले केटीएमका बाइक आधिकारिक रुपमा बिक्री–वितरण गरिरहेको छ ।

सम्बन्धित समाचारहरू

केटिएम बाइक किन्दा उपहारमा विशेष राइडिङ ज्याकेट

केटिएम बाइक किन्दा उपहारमा विशेष राइडिङ ज्याकेट

काठमाडौं– केटिएम मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज...

सकियो क्रसफायरको नयाँ वर्ष अफर, वम्पर विजेताको नाम जेठ पहिलो हप्ता सार्वजनिक गरिने

सकियो क्रसफायरको नयाँ वर्ष अफर, वम्पर विजेताको नाम जेठ पहिलो हप्ता सार्वजनिक गरिने

क्रसफायर तथा इटालिका मोटोमा लागु गरिएको नयाँ वर्ष अफर समाप्त भएको छ । चैत्र...

५ इन्चको टिएफटी डिस्प्लेसहित ड्यूक १६० को नयाँ भेरिएन्ट लन्च, मूल्य कति ?

५ इन्चको टिएफटी डिस्प्लेसहित ड्यूक १६० को नयाँ भेरिएन्ट लन्च, मूल्य कति ?

केटीएमले आफ्नो सबैभन्दा सानो इन्जिनयुक्त मोडल ड्यूक १६० को नयाँ भेरिएन्ट...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...