एक रोमाञ्चक र सफल अनुभवका साथ सम्पन्न भयो ‘केटीएम एड्भेन्चर डे विथ २५० एड्भेन्चर’

काठमाडौं – नेपालका लागि केटीएम बाइकको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले ‘केटीएम एड्भेन्चर डे विथ २५० एड्भेन्चर’ सम्पन्न गरेको छ । गत शनिबार दक्षिणकालीस्थित हात्तिवन रिसोर्टमा सम्पन्न सो इभेन्टमा ३ सय भन्दा बढी सहभागीहरुले केटीएम २५० एड्भेन्चर बाइकको वास्तविक पावर र पर्फमेन्स अनुभव गरे ।

केटीएमले हालै नेपाल भित्र्याएको नयाँ मोडलको पावरफुल बाइक २५० एड्भेन्चरको क्षमता अनुभव गराउने उद्देश्यका साथ डिजाइन गरिएको सो इभेन्टमार्फत ग्राहकले बाइकको पर्फमेन्स, ड्यरेबिलिटी र भर्सटालिटी समेत अनुभव गर्ने मौका पाए । सो अवसरमा राइडरहरुले च्यालेन्जिङ ट्रयाक टेस्ट गर्नुका साथै विभिन्न उत्साहजनक क्रियाकलापमा सहभागी भएका थिए ।

राइडरहरुका बीच भएको कठिन प्रतिस्पर्धा अन्तर्गत ७६ राइडरले ट्रयाक राइड पुरा गरे भने ९ राइडरलाई इभेन्ट विजेता घोषणा गरिएको थियो ।

ग्राहकलाई एड्भेन्चरको सही स्पिरिट अनुभव गराउने उद्देश्य पुरा भएको र यस प्रकारको इभेन्ट आयोजना गर्न पाएकोमा गौरवान्वित भएको कम्पनीको भनाइ छ ।

केटीएम नेपालका एजीएम विजय मोक्तानले यस प्रकारको इभेन्ट सफलतापूर्वक समापन गर्न पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा समेत यस प्रकारको इभेन्ट आयोजना गर्दै जाने बताए ।

नेपाली बजारमा हालै केटीएमको २०२३ मोडलको २५० एड्भेन्चर बाइक भित्रिएको छ । पहिले ८ लाख २० हजार मूल्य रहेकोमा अहिले यो बाइकको मूल्य ७० हजार कम भएर ७ लाख ५० हजार मात्र तोकिएको छ ।

सो बाइकमा २४८ सीसी सिंगल सिलिन्डर लिक्विड कुल्ड इन्जिन समावेश गरिएको छ । जसले ९००० आरपीएमा ३० एचपी पावर र ७५०० आरपीएममा २४ एनएमको टर्क जेनेरेट गर्छ । यसमा ६ स्पिड गियरबक्स समावेश गरिएको छ ।

केटीएम २५० एड्भेन्चरमा डब्ल्युपी एपेक्स सेटको सस्पेन्सन प्रयोग गरिएको छ । पछाडिको सक एब्जर्बरमा मिलाउन मिल्ने प्रिलोडका साथ १७७ एमएम ट्राभल रेन्ज हुन्छ भने डब्ल्युपी एपेक्स अपसाइड डाउन ४३ एमएम अगाडिको १७७ एमएम ट्राभल रेन्ज हुन्छ ।

यसमा हेभी ड्युटी कास्ट ह्विल र ट्राभल स्पेसिफिक ट्युबलेस टायर छ भने यसले हरेक अवस्थामा उत्कृष्ट ड्याम्पिङ प्रदान गर्छ । ब्रिम्बोद्वारा निर्मित अत्याधुनिक ब्रेकमा ४ पिस्टन रेडियल्ली माउन्टेड क्यालिपरका साथ २३० एमएम रियर डिस्क ब्रेक र ठूलो ३२० एमएम फ्रन्ट डिस्क ब्रेक छ ।

बोसको अत्याधुनिक एबीएस सिस्टमले यसमा अफरोड मोड थप गरेको छ । यसकारण जस्तोसुकै सडकमा पनि सहज तरिकाले चलाउन सकिन्छ ।

बीएस६ मापदण्डयुक्त इन्जिन र १४.५ लिटरको इन्धन ट्यांकी सहितको एड्भेन्चर बाइकलाई नेपालका विभिन्न भुभागमा सहज तरिकाले चलाउन सहयोग हुने कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

केटीएम २५० एड्भेन्चर : आरमदायी यात्रा र रोमाञ्चक यात्राको अनुभुती

केटीएम २५० एड्भेन्चर : आरमदायी यात्रा र रोमाञ्चक यात्राको अनुभुती

नेपाली युवा राइडरको रोजाइमा पर्न सफल केटीएम एक प्रिमियम टु ह्विलर ब्रान्ड...

बम्पर अफर : केटीएम २०० ड्युकमा ४० हजार र २५० ड्युकमा २० हजार छुट

बम्पर अफर : केटीएम २०० ड्युकमा ४० हजार र २५० ड्युकमा २० हजार छुट

काठमाडौं – नेपाली बजारमा उपलब्ध केटीएमका दुई मोटरसाइकलमा बम्पर छुट अफर...

केटीएम बाइकको मूल्यमा भारी वृद्धि, एउटै बाइकमा ९५ हजार सम्म मूल्य वृद्धि

केटीएम बाइकको मूल्यमा भारी वृद्धि, एउटै बाइकमा ९५ हजार सम्म मूल्य वृद्धि

काठमाडौं – नेपाली बजारमा केटीएम बाइकको मूल्य भारी रुपमा वृद्धि भएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...