बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
नेपाली बजारमा हालै ३९० सीसीको केटीएम एड्भेन्चर बाइक भित्रिएको छ । केटीएमले यो भन्दा माथिल्लो श्रेणीमा ६९० र ७९० सीसीको बाइक अन्तर्राष्ट्रिय बजारमा उपलब्ध गराइरहेको छ । तर यो भन्दा बीचको सेगमेन्टमा कुनै पनि बाइक छैन ।
यही कुरालाई मनन गरी हाल केटीएमले ४९० सीसी सेगमेन्टका लागि कार्य गरिरहेको छ । केटीएमका हेड स्टेफन पियररले एक अन्तर्वार्ताको क्रममा सो प्लेटफर्मको वारेमा स्पष्ट गर्दै यसको विकास भइरहेको र सन् २०२२ मा बजारमा ल्याउने तयारीका साथ कार्य भइरहेको बताएका छन् । उनले सो बाइक केटीएम ड्युक, एड्भेन्चर वा हस्कभर्ना जस्तै अर्कै कुनै नाम पनि हुन सक्ने बताएका छन् ।
बजाजको पुनेमा अवस्थित आरएन्डडी सेन्टरमा यसको विकास भइरहेको छ । यद्यपि पियररले यो मोडल सीएफमोटो–केटीएमको सहकार्यमा चीनमा विकास हुन सक्ने सम्भावना पनि औल्याएका छन् । उनले ७९० सीसीको इन्जिनलाई सीएफमोटोमा रुपान्तरण गर्ने कार्य भइरहेको समेत बताएका छन् ।
केटीएम ४९० मा ७९० सीसीमा भए जस्तै ट्विन सिलिन्डर इन्जिन हुनेछ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...