केटीएम ३९० ड्युकको नयाँ संस्करण सार्वजनिक

केटीएमले ३९० ड्युकको २०२६ संस्करणको ग्लोवल डेब्यु गरेको छ । केटीएमको उक्त न्याकेड स्ट्रिट बाइकमा अपग्रेड गरिएको ब्रेक र नयाँ रङ विकल्प प्रस्ताव गरिएको छ ।

सो नयाँ संस्करणको अगाडि ३२० मिमी डिस्क र पछाडी २४० मिमी डिस्क ब्रेक जडान गरिएको छ, भने बाइकमा नयाँ ब्रेक क्यालिपर समेत उपलब्ध गराइएको छ । बाइकमा कर्नरिङ एबीएस र सुपरमोटो एबीएस समेत दिइएको छ ।

३९० ड्युकको २०२६ संस्करणमा कम्पनीले हाल प्रयोग गरिँदै आएको ३९९ सिसी, सिंगल–सिलिन्डर इन्जिनलाई निरन्तरता दिएको छ । उक्त इन्जिनले ४५ बिएचपी पावर र ३९ एनएम टर्क जेनेरेट गर्दछ भने बाइकमा ६–स्पीड गियरबक्स जडान गरिएको छ ।

बाइकमा ५ इन्चको टिएफटी इन्स्ट्रुमेन्ट कन्सोल, ट्रयाक्सन कन्ट्रोल, क्रुज कन्ट्रोल, लन्च कन्ट्रोल र विभिन्न राइडिङ मोडहरु समेत उपलब्ध हुनेछ । सो नयाँ मोडल निकट भविष्यमा नेपाली बजारमा समेत उपलब्ध हुनेछ ।

सम्बन्धित समाचारहरू

२५० सीसीको डर्ट बाइकमा ३० हजार छुट

२५० सीसीको डर्ट बाइकमा ३० हजार छुट

काठमाडौं – नेपाली बजारमा कायो ब्रान्डको डर्ट बाइक टी२ भित्रिएको छ ।...

केटिएमको एड्भेन्चर मोटरसाइकलमा एएमटी गियर बक्स जडान हुने

केटिएमको एड्भेन्चर मोटरसाइकलमा एएमटी गियर बक्स जडान हुने

प्राय कारमा मात्रै प्रयोग हुने अटोमेटिक ट्रान्समिसन(एएमटी) अब मोटरसाइकलमा...

५ इन्चको टिएफटी डिस्प्लेसहित ड्यूक १६० को नयाँ भेरिएन्ट लन्च, मूल्य कति ?

५ इन्चको टिएफटी डिस्प्लेसहित ड्यूक १६० को नयाँ भेरिएन्ट लन्च, मूल्य कति ?

केटीएमले आफ्नो सबैभन्दा सानो इन्जिनयुक्त मोडल ड्यूक १६० को नयाँ भेरिएन्ट...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...