नयाँ ३९० एड्भेन्चर एक्समा यी हुन् अझै उपलब्ध र हटाइएका ५ फिचर

केटीएमले ३९० एड्भेन्चरको सस्तो भेरिएन्ट ‘३९० एड्भेन्चर एक्स’ लन्च गरेको छ । कम्पनीले २ लाख ८९ हजार भारुमा यसलाई लन्च गरेको हो । जुन यसअघि बिक्री हुने ३९० एड्भेन्चरको तुलनामा ५८ हजार भारु कम हो ।

कम्पनीले मोटरसाइकलमा रहेका विभिन्न फिचरहरू हटाएर कम मूल्यमा ३९० एड्भेन्चर एक्स ल्याएको हो । कम्पनीले यो बाइकमा राइड मोड, कर्नरिङ एबीएस, राइड–बाई–वायर, ट्रयाक्सन कन्ट्रोल र क्विक सिफ्टर हटाएको छ ।

यसैगरी टिएफटी डिस्प्लेको सट्टा एलसीडी डिस्प्ले दिइएको छ भने ब्लुटूथ कनेक्टिभिटी, नेभिगेसन, ड्राइभ इन्फर्मेसन लगायत फिचरलाई समेत हटाएको छ ।

यसमा अहिले पनि अफरोड मोड सहितको ड्युअल च्यानल एबीएस, स्लिपर क्लच, १२ भी यूएसबी सकेट, अल–एलईडी लाइटिङ तथा ४३ एमएम डब्ल्युपी अपसाइड–डाउन फ्रन्ट फोर्क्स र डब्ल्युपी रियर मोनोसक जस्ता आकर्षक फिचर अहिले पनि उपलब्ध छन् ।

यो नयाँ भेरिएन्टको इन्जिनमा भने कुनै परिर्वतन गरिएको छैन । यसमा यसअघिको ३७३ सीसी अत्याधुनिक डीओएचसी सिंगल सिलिन्डर, ईएफआइ इन्जिनलाई निरन्तरता दिइएको छ । यसमा जडान गरिएको सो डीओएचसी ईन्जिनले ४३ बीएचपी पावर तथा ३७ एनएम टर्क जेनेरेट गर्छ । वाइकमा ६ स्पिड गियरवक्स दिइएको छ ।

सम्बन्धित समाचारहरू

२५० सीसीको डर्ट बाइकमा ३० हजार छुट

२५० सीसीको डर्ट बाइकमा ३० हजार छुट

काठमाडौं – नेपाली बजारमा कायो ब्रान्डको डर्ट बाइक टी२ भित्रिएको छ ।...

केटिएम बाइक किन्दा उपहारमा विशेष राइडिङ ज्याकेट

केटिएम बाइक किन्दा उपहारमा विशेष राइडिङ ज्याकेट

काठमाडौं– केटिएम मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज...

सांघाई अटो शोमा होन्डाले लन्च ग-यो सीबी४००एफ र सीबी४००एक्स बाइक

सांघाई अटो शोमा होन्डाले लन्च ग-यो सीबी४००एफ र सीबी४००एक्स बाइक

चाइनिज र जापनिज बजारलाई लक्ष्यित गरी होन्डाले सीबी४००एफ र सीबी४००एक्स...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...