शनिबार केटीएम २५० एड्भेन्चरको मज्जा लिन सकिने

काठमाडौं – नेपाली बजारमा भित्रिएको नयाँ २०२३ मोडलको केटीएम २५० एड्भेन्चरको मज्जा लिन सकिने भएको छ । आगामी शनिबार दक्षिणकालीको हात्तिबन रिसोर्टमा सो अनुभव लिन सकिने छ ।

नेपालका लागि केटीएमको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले सो बाइकमार्फत एड्भेन्चर क्वेस्ट, एड्भेन्चर ट्रेल र एड्भेन्चर फिल गराउने गरी एक इभेन्टको आयोजना गर्ने बताएको छ ।

टु ह्लिमा रुचि राख्ने राइडरहरुका लागि आयोजना गरिने सो इभेन्ट अन्तर्गत लक्की विनरलाई आकर्षक गिफ्ट ह्याम्पर समेत प्रदान गरिने कम्पनीको भनाइ छ ।

सो अवसरमा एरो, सेना र केवाईटी हेल्मेटका साथै कवच, दुई पांग्रा र म्याक्सिस, एपोलो तथा युरोग्रिप टायरको समेत स्टल हुनेछ ।

यस्तो छ केटीएम २५० एड्भेन्चर
पहिले ८ लाख २० हजार मूल्य रहेकोमा अहिले यो बाइकको मूल्य ७० हजार कम भएर ७ लाख ५० हजार मात्र तोकिएको छ । सो बाइक इलेक्ट्रोनिक अरेन्ज र फ्याक्ट्री रेसिङ ब्लु कलरमा उपलब्ध छ । कलर र ग्राफिक्स बाहेक यसमा अन्य कुनै परिमार्जन गरिएको छैन ।

सो बाइकमा २४८ सीसी सिंगल सिलिन्डर लिक्विड कुल्ड इन्जिन समावेश गरिएको छ । जसले ९००० आरपीएमा ३० एचपी पावर र ७५०० आरपीएममा २४ एनएमको टर्क जेनेरेट गर्छ । यसमा ६ स्पिड गियरबक्स समावेश गरिएको छ ।

केटीएम २५० एड्भेन्चरमा डब्ल्युपी एपेक्स सेटको सस्पेन्सन प्रयोग गरिएको छ । पछाडिको सक एब्जर्बरमा मिलाउन मिल्ने प्रिलोडका साथ १७७ एमएम ट्राभल रेन्ज हुन्छ भने डब्ल्युपी एपेक्स अपसाइड डाउन ४३ एमएम अगाडिको १७७ एमएम ट्राभल रेन्ज हुन्छ ।

यसमा हेभी ड्युटी कास्ट ह्विल र ट्राभल स्पेसिफिक ट्युबलेस टायर छ भने यसले हरेक अवस्थामा उत्कृष्ट ड्याम्पिङ प्रदान गर्छ । ब्रिम्बोद्वारा निर्मित अत्याधुनिक ब्रेकमा ४ पिस्टन रेडियल्ली माउन्टेड क्यालिपरका साथ २३० एमएम रियर डिस्क ब्रेक र ठूलो ३२० एमएम फ्रन्ट डिस्क ब्रेक छ ।

बोसको अत्याधुनिक एबीएस सिस्टमले यसमा अफरोड मोड थप गरेको छ । यसकारण जस्तोसुकै सडकमा पनि सहज तरिकाले चलाउन सकिन्छ ।

बीएस६ मापदण्डयुक्त इन्जिन र १४.५ लिटरको इन्धन ट्यांकी सहितको एड्भेन्चर बाइकलाई नेपालका विभिन्न भुभागमा सहज तरिकाले चलाउन सहयोग हुने कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

केटिएम र क्रसफायरको सवै मोटरसाइकल आयत हुने बाटो रोकियो, अन्य ब्रान्डका पनि तीन दर्जन बढी मोडल प्रभावित

केटिएम र क्रसफायरको सवै मोटरसाइकल आयत हुने बाटो रोकियो, अन्य ब्रान्डका पनि तीन दर्जन बढी मोडल प्रभावित

उद्योग बाणिज्य तथा आपूर्ती मन्त्रालयले आयत प्रतिवन्धलाई थप कडाई गर्दै १५०...

बम्पर अफर : केटीएम २०० ड्युकमा ४० हजार र २५० ड्युकमा २० हजार छुट

बम्पर अफर : केटीएम २०० ड्युकमा ४० हजार र २५० ड्युकमा २० हजार छुट

काठमाडौं – नेपाली बजारमा उपलब्ध केटीएमका दुई मोटरसाइकलमा बम्पर छुट अफर...

सीट हाइट कम भएर आउँदै केटिएम २५० र ३९० एड्भेन्चर

सीट हाइट कम भएर आउँदै केटिएम २५० र ३९० एड्भेन्चर

केटीएमले आफ्नो एड्भेन्चर मोटरसाइकल २५० र ३९० लाई सिट हाइट कम गरेर नयाँ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...