केटीएम २५० एड्भेन्चर नेपालमा भयो लन्च : एड्भेन्चरका लागि उपयोगी हुने

काठमाडौं – नेपाली बजारमा केटीएम २५० बाइक औपचारिक रुपमा भित्रिएको छ । देशभरका सोरुममा उपलब्ध हुने बताइएको सो बाइकको मूल्य ७ लाख ४९ हजार ९ सय रुपैयाँ तोकिएको छ । नेपालका लागि केटीएमको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले सो बाइक लन्च गरेको हो । नेपालमा बढिरहेको एड्भेन्चर मोटरसाइकलको सेगमेन्टलाई विस्तार गर्नका लागि केटीएम २५० एड्भेन्चर नेपाली बजारमा उपलब्ध गराइएको कम्पनीको भनाइ छ । यो भन्दा पहिले नेपाली बजारमा केटीएम ३९० एड्भेन्चर उपलब्ध भइरहेको र यसले उत्साहीहरुको कलात्मकता र अपेक्षालाई पुरा गरेको थियो । अब एड्भेन्चर बाइकिङको संसारमा ग्राहकहरुलाई पहिलो कदम चाल्न लगाएर केटीएम २५० एड्भेन्चरले यो फ्रेन्चाइजीलाई अझ बढाउने अपेक्षा गरिएको छ । उत्कृष्ट ह्यान्डलिङ र लाइटवेट प्याकेजका साथ उक्त एड्भेन्चर बाइक केटीएम परिवारको नवीनतम प्याकेज भएको बताइएको छ । विश्वको लागि इन्ट्री प्वाइन्ट मानिएको ट्राभल इन्ड्युरोका लागि आवश्यक विशेषताहरु यसमा समेटिएका छन् । संक्षेपमा भन्नु पर्दा यो मोडलले उच्च गुणस्तरीय बनोट, इन्जिनियरिङ र डकार ¥याली हेरिटेज अपनाउछ, जसले केटीएम एड्भेन्चरको समस्त लाइनअपको प्रतिनिधित्व गर्छ । सो बाइकमा २४८ सीसी सिंगल सिलिन्डर लिक्विड कुल्ड इन्जिन समावेश गरिएको छ । जसले ९००० आरपीएमा ३० एचपी पावर र ७५०० आरपीएममा २४ एनएमको टर्क जेनेरेट गर्छ । यसमा ६ स्पिड गियरबक्स समावेश गरिएको छ । केटीएम २५० एड्भेन्चरमा डब्ल्युपी एपेक्स सेटको सस्पेन्सन प्रयोग गरिएको छ । पछाडिको सक एब्जर्बरमा मिलाउन मिल्ने प्रिलोडका साथ १७७ एमएम ट्राभल रेन्ज हुन्छ भने डब्ल्युपी एपेक्स अपसाइड डाउन ४३ एमएम अगाडिको १७७ एमएम ट्राभल रेन्ज हुन्छ । यसमा हेभी ड्युटी कास्ट ह्विल र ट्राभल स्पेसिफिक ट्युबलेस टायर छ भने यसले हरेक अवस्थामा उत्कृष्ट ड्याम्पिङ प्रदान गर्छ । ब्रिम्बोद्वारा निर्मित अत्याधुनिक ब्रेकमा ४ पिस्टन रेडियल्ली माउन्टेड क्यालिपरका साथ २३० एमएम रियर डिस्क ब्रेक र ठूलो ३२० एमएम फ्रन्ट डिस्क ब्रेक छ । बोसको अत्याधुनिक एबीएस सिस्टमले यसमा अफरोड मोड थप गरेको छ । यसकारण जस्तोसुकै सडकमा पनि सहज तरिकाले चलाउन सकिन्छ । बाइकमा १४.५ लिटरको इन्धन ट्यांकी छ । बीएस६ मापदण्डयुक्त इन्जिन र १४.५ लिटरको इन्धन ट्यांकी सहितको एड्भेन्चर बाइकलाई नेपालका विभिन्न भुभागमा सहज तरिकाले चलाउन सहयोग हुने कम्पनीको भनाइ छ ।  

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...