ट्रयाक्सन कन्ट्रोल र नयाँ कलर अप्सन सहित केटिएमले ल्यायो नयाँ भर्सनको एड्भेन्चर ३९०

केटिएमले भारतीय बजारमा २०२२ भर्सनको एड्भेन्चर ३९० अनाबरण गरेको छ । यो नयाँ भर्सनमा कम्पनीले नयाँ पेन्ट अप्सन, आकर्षक तथा मजबुत एलोई ह्विल र ट्रयाक्सन कन्ट्रोल मोडलाई अपडेट गरेको छ ।

सन् २०१९ मा पहिलोपटक अनाबरण गरिएको यो मोटरसाइकललाई २ बर्षपछि अपडेट गरेर बजारमा उतार्न लागिएको हो । यो नयाँ बाइक हाल कारोबार भैरहेको मोडलको तुलनमा थप आकर्षक र स्पोर्टी देखिएको छ । जसका लागि कम्पनीले यसको स्टाइल र फिचर्समा अपडेट गरेको छ । यो बाइक अबको केही समयभित्रै बिक्रीका लागि उपलब्ध हुने कम्पनीले बताएको छ ।

नयाँ पेन्ट अप्सन अन्तर्गत यसमा ह्वाइट हाइलाइट सहित ओरेन्ज÷ब्लु कलर तथा ओरेन्ज हाइलाइट सहित ब्ल्याक÷ग्रे गरी दुई नयाँ पेन्ट अप्सनलाई आकर्षक तबरबाट समायोजन गरिएको छ । त्यसैगरी एलोई ह्विल समेत थप आकर्षक देखिएको छ ।

यो बाइकमा अपडेट गरिएको सबैभन्दा महत्वपूर्ण फिचर्सका रुपमा ट्रयाक्सन कन्ट्रोल सिस्टमलाई लिइएको छ । स्ट्रिट र अफरोड मोडसहित उपलब्ध यो सिस्टमका कारण यो बाइकलाई दुबै रोड कन्डिसनमा सहजताका साथ राइड गर्न सकिन्छ ।

अन्य मेकानिकल पक्षमा भने कुनै परिबर्तन गरिएको छैन । ब्रेकिङ सिस्टम, सस्पेनसन र इन्जिन पहिलेकै यथावत गरिएको छ । यसअघिको ३७३.२ सिसी क्षमताको लिक्विड कुल्ड, सिंगल सिलिन्डर इन्जिन र यसले प्रदान गर्ने ४३.५ पिएस पावर र ३७ एनएमसम्मको उच्चतम टर्कलाई यथावत गरिएको हो ।

एड्भेन्चर टुरर सेग्मेन्टमा प्रिमियम ब्रान्ड मानिएको यो बाइक नेपाली राइडरमाझ समेत लोकप्रिय रहँदै आएको छ । यो बाइकको मूल्य नेपाली बजारमा १० लाख ८९ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ । भारतीय बजारमा औपचारिक लन्च भएलगत्तै यसको नयाँ भर्सन नेपाली बजारमा समेत भित्रिने अनुमान लगाउन सकिन्छ ।

सम्बन्धित समाचारहरू

३५० सीसी इन्जिनमा आयो ३९० ड्युक र ३९० एडभेन्चर, मूल्य कति ?

३५० सीसी इन्जिनमा आयो ३९० ड्युक र ३९० एडभेन्चर, मूल्य कति ?

केटीएमले ३९० ड्युक र ३९० एडभेन्चरलाई ३५० सीसी इन्जिनमा उतारेको छ । नयाँ...

शनिबार केटीएम २५० एड्भेन्चरको मज्जा लिन सकिने

शनिबार केटीएम २५० एड्भेन्चरको मज्जा लिन सकिने

काठमाडौं – नेपाली बजारमा भित्रिएको नयाँ २०२३ मोडलको केटीएम २५०...

चाडपर्वमा बाइक वा स्कुटर किन्दै हुनुहुन्छ ? हेर्नुस् यस्ता छन् अफर

चाडपर्वमा बाइक वा स्कुटर किन्दै हुनुहुन्छ ? हेर्नुस् यस्ता छन् अफर

नेपालीहरुले दशैं, तिहार, छठ लगायतका चाडपर्वको अवसरमा विभिन्न नयाँ बाइक वा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...