केटिएमले लन्च गर्यो २०२२ एड्भेन्चर २५०, मूल्य २ लाख ३५ हजार भारु

केटिएमले आज भारतमा २०२२ एड्भेन्चर २५० लन्च गरेको छ । यो बाइकको मूल्य २ लाख ३५ हजार भारु निर्धारण गरिएको छ । जुन यसअघिकै मोडलमा निर्धारण गरिएको मूल्य हो ।

ओरेन्ज र ब्लु सहित थप दुई कलर अप्सनमा उलब्ध यो बाइकलाई केटिएमले यसअघिको ३९० एड्भेन्चरको फ्रेममा बनाएको हो भने यसको डिजाइन तथा लुक्स केटिएम ४५० -याली डाकार रेसरबाट प्रेरित रहेको छ । पावर र टर्क भने पुरानै मोडलमा उपलब्ध गराइको ३० पिएस र २४ एनएमलाई कायम गरिएको छ ।

यो बाइकमा १० स्टेपमा एड्जस्ट गर्न मिल्ने मोनोसक सस्पेन्सन जडान गरिएको छ । बाइकमा २ सय एमएमको ग्राउन्ड क्लिरियन्स दिएको छ । जसका कारण अफरोडमा यात्रा गर्न सहज हुने दाबी गरिएको छ । १४३० एमएमको लामो ह्विलबेश दिइएको यो बाइकको राइडर सिट साघुँरो बनाइएको छ भने पातलो स्टिल ह्यान्डल बारका कारण राइडरले बाइकलाई सजिलै कन्ट्रोल गर्न सक्नेछन् ।

त्यसैगरी, बोसको इलेक्ट्रोनिक फ्युल इन्जेक्सन, ३८ एमएमको थ्रोटल बडी एसिस्ट, स्लिपर क्लच, एलसिडी डिस्प्ले, डुअल च्यानल एबिएस, १४.५ लिटर क्षमताको फ्युल ट्यांक, अगाडीको चक्कामा १९ इन्च र पछाडी २२ इन्चको ट्युवलेस टायरको साथै अगाडी चक्कामा ३२० एमएम र पछाडी २३० एमएमको डिस्क ब्रेक लगायत अन्य थुप्रै फिचर्स दिइएको छ ।

सम्बन्धित समाचारहरू

केटीएमको संकट टर्दै, अस्ट्रियामा मोटरसाइकल उत्पादन पुनः सुरु

केटीएमको संकट टर्दै, अस्ट्रियामा मोटरसाइकल उत्पादन पुनः सुरु

वित्तीय रुपमा संकटग्रस्त बनेको केटीएमले अष्ट्रियामा मोटरसाइकल उत्पादन...

२२ सहरमा डिलरसिप विस्तार गर्दै केटिएम, यी हुन डिलर आह्वान गरिएका स्थान

२२ सहरमा डिलरसिप विस्तार गर्दै केटिएम, यी हुन डिलर आह्वान गरिएका स्थान

काठमाडौं– केटिएम तथा हस्कभर्ना मोटरसाइकलको आधिकारिक विक्रेता हंसराज...

क्रसफायरका दुई मोटरसाइकलको मूल्य बढ्यो : एउटाको ३५ हजार, अर्कोको १० हजार

क्रसफायरका दुई मोटरसाइकलको मूल्य बढ्यो : एउटाको ३५ हजार, अर्कोको १० हजार

काठमाडौं – नेपाली बजारमा उपलब्ध विभिन्न मोडलका मोटरसाइकल मध्ये...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...