नेपाली बजारमा छैन केटीएम १२५ ड्युक : २०० ड्युकका कारण ओझेलमा

केटीएमका विभिन्न मोडलका बाइक नेपाली बजारमा उपलब्ध छन् । ती मध्ये अन्तर्राष्ट्रिय बजारमा उपलब्ध अन्य सबै मोडल नेपाली बजारमा भए पनि केटीएम १२५ ड्युक भने हाल नेपाली बजारमा उपलब्ध छैन ।

अन्तर्राष्ट्रिय बजारमा लोकप्रिय रहेको यो बाइक अहिले पनि केही नेपाली राइडरहरुले प्रयोग गरिरहेका छन् । कुनै समयमा यो नेपाली बजारमा पनि बिक्रीका लागि उपलब्ध थियो । पहिलो पटक नेपालका लागि केटीएमको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले नाडा अटो शो २०७६ मा यो बाइक सार्वजनिक गरेको थियो । त्यतिबेला यसको प्रारम्भिक मूल्य ४ लाख ५० हजार रुपैयाँ तोकिएको थियो ।

केटीएम ड्युक १२५ लाई यो सेग्मेन्ट अन्तर्गत सबैभन्दा पावरफुल मोटरसाइकलको रुपमा लिइन्छ । यसमा उपलब्ध १२४.७ सीसी लिक्वीड कुल्ड सिंगल सिलिन्डर इन्जिनले ९ हजार २ सय ५० आरपीएममा १४.५ बीएच पावरका साथै ८ हजार आरपीएममा १२ एनएम टर्क उत्पादन गर्छ । यसको इन्जिनमा ६ स्पीड गियरबक्स लगाइएको छ ।

यो मोटरसाइकलमा एबीएस समेत उपलब्ध छ । त्यतिबेला यो नेपाली बजारमा एबीएस भएको १२५ सीसीको पहिलो मोटरसाइकल समेत थियो ।

मोटरसाइकलमा केटीएम ड्यूक २०० को स्टाइल दिइएको छ । यसमा उपलब्ध टीएफटी इन्स्ट्रुमेन्ट क्लस्टर, एलइडी हेडल्याम्प, आकर्षक बडी निकै एग्रेसिव लुक दिएको छ ।

तर केही समय पश्चात यो नेपाली बजारमा उपलब्ध भएन । कम्पनी स्रोतका अनुसार २०० ड्युकको तुलनामा मूल्यमा केही मात्र अन्तर भएको र फिचर पनि उस्तै हुने भएकाले धेरैले २०० सीसीको बाइक रुचाउने भएकाले यसलाई नेपाली बजारमा उपलब्ध नगराइएको हो ।

हाल नेपाली बजारमा उपलब्ध २०० ड्युकको मूल्य ५ लाख ८४ हजार ९ सय रुपैयाँ छ ।

सम्बन्धित समाचारहरू

नयाँ केटीएम १६० ड्युक र आरसी १६० चाँडै लन्च हुने

नयाँ केटीएम १६० ड्युक र आरसी १६० चाँडै लन्च हुने

केटीएमले चाँडै नै भारतीय बजारमा आफ्नो एन्ट्री-लेभल १२५ सीसी मोटरसाइकल १२५...

केटीएमले सार्वजनिक ग-यो आरसी ३९० को टिजर, सेप्टेम्वर महिनामै लन्च गरिने

केटीएमले सार्वजनिक ग-यो आरसी ३९० को टिजर, सेप्टेम्वर महिनामै लन्च गरिने

केटीएमले आफ्नो आउँदै गरेको नयाँ बाइक आरसी ३९० को टिजर सार्वजनिक गरेको छ ।...

वीरगन्जमा खुल्यो केटीएम र हस्कभर्ना मोटरसाइकलको सोरुम

वीरगन्जमा खुल्यो केटीएम र हस्कभर्ना मोटरसाइकलको सोरुम

वीरगन्ज – वीरगन्जको गण्डकचोकमा प्रतिष्ठित ब्रान्ड केटीएम र हस्कभर्ना...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...