सरकारको कोटेश्वर,सातदोबाटो र एकान्तकुनामा फ्लाईओभर र अन्डरपास निर्माण सुरू गर्ने घोषणा

काठमाडौं - सरकारले कोटेश्वर, सातदोबाटो र एकान्तकुनामा फ्लाईओभर र अन्डरपास निर्माण कार्य सुरूवात गर्ने घोषणा गरेको छ । सोमबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा। प्रकाशशरण महतले उक्त घोषणा गरेका हुन् ।

सरकारले आगामी आर्थिक वर्षमा राजमार्ग र रणनीतिक सडकअन्तर्गत १ सय ५० वटा पुल निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ । त्यसका लागि २ अर्ब ८ करोड विनियोजन गरिएको छ ।

त्यस्तै ग्वार्कोमा निर्माणाधीन फ्लाई ओभर आगामी आर्थिक वर्षमा निर्माण सम्पन्न हुने सरकारले दाबी गरेको छ ।

सूर्यविनायक(धुलिखेल सडक खण्डको विस्तार कार्य अघि बढाउन आवश्यक रकम विनियोजन गरिएको छ । काठमाडौं चक्रपथको कलंकी बसुन्धरा खण्डको सडक विस्तार तथा निर्माण कार्यलाई तीब्रता दिन २ अर्ब ७ करोड छुट्टयाएको छ ।

साथै काठमाडौंका थप ४४ वटा व्यस्त चोकमा स्मार्ट ट्राफिक लाइट जडानसमेत गरिने अर्थमन्त्रीले बताएका छन् ।

सम्बन्धित समाचारहरू

जेन-जी आन्दोलनका कारण विभागको सम्पूर्ण प्रणाली ठप्प, इम्बोस्ड नम्बर प्लेट र लाइसेन्समा अन्यौल

जेन-जी आन्दोलनका कारण विभागको सम्पूर्ण प्रणाली ठप्प, इम्बोस्ड नम्बर प्लेट र लाइसेन्समा अन्यौल

भदौ २४ गतेको जेन-जी आन्दोलनले देशभर ठूलै असर पा-यो। राजधानी काठमाडौंमा...

ग्वार्को फ्लाइओभर बनाउने निर्माण कम्पनी नै घाटामा, काम अझै नसकिदा म्याद थप्ने तयारी

ग्वार्को फ्लाइओभर बनाउने निर्माण कम्पनी नै घाटामा, काम अझै नसकिदा म्याद थप्ने तयारी

काठमाडौं – ठेकेदार कम्पनी आषिश–समानान्तर–रेलिगेर जेभी काठमाडौंलाई...

प्रदेश सरकारको बजेटमा सवारी कर : सुदुरपश्चिम र लुम्विनी प्रदेशले बढाउँदा अन्य प्रदेशको अबस्था के ?

प्रदेश सरकारको बजेटमा सवारी कर : सुदुरपश्चिम र लुम्विनी प्रदेशले बढाउँदा अन्य प्रदेशको अबस्था के ?

काडमाडौं– संघिय सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा सवारी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...