कोशी प्रदेश सरकारले ट्रक पार्किङस्थल निर्माणका लागि छुट्यायो दुई करोड

काठमाडौं - कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ट्रक पार्किङ स्थल संरचना निर्माणका लागि २ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

कोशी प्रदेश सरकारले मोरङको विराटनगरमा आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ट्रक पार्किङ स्थल संरचना निर्माण लाभ साझेदारीका लागि २ करोड रुपैयाँ विनियोजन गरेको हो । बिराटनगरमा आफ्नै जग्गामा पार्किकस्थल निर्माणका लागि ट्रक व्यवसायी समितिले आवश्यक बजेट छुट्याइदिन प्रदेश सरकारलाई आग्रह गरेको थियो । सोही आग्रह बमोजिम आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट पार्किङ स्थल संरचना निर्माणका लागि बजेट विनियोजन भएको छ ।

लाभ साझेदारीमा पार्किङस्थल बनेसँगै पार्किङ गरेवापत प्रति ट्रक एक सय रुपैयाँ उठाइने ट्रक व्यवसायी समिति बिराटनगरका पूर्व अध्यक्ष मेघराज सिग्देलले जानकारी दिए । त्यसमध्ये ४० रुपैयाँ प्रदेश सरकारलाई दिनुपर्ने र ६० रुपैयाँले पार्किङ स्थलको व्यवस्थापन गरिने उनले बताए । पार्किङस्थल बुढीगंगा गाउँपालिकामा बन्ने भएको छ ।

पूर्व अध्यक्ष सिग्देलले ट्रक पार्किङमा समस्या भइरहेको अवस्थामा यसरी प्रदेश सरकारले बजेट विनियोजन गरेर पार्किङस्थल निर्माण गरिदिनु स्वागतयोग्य भएको बताए । उनले अन्य प्रदेश सरकारहरुले पनि ट्रक पार्किङस्थल निर्माणका लागि बजेट छट्याउनु पर्नेमा जोड दिए ।

सम्बन्धित समाचारहरू

हिलोमा गाडी किन चिप्लिन्छ? जान्नुहोस् यसको कारण र सुरक्षित रहने उपाय

हिलोमा गाडी किन चिप्लिन्छ? जान्नुहोस् यसको कारण र सुरक्षित रहने उपाय

मनसुनको मौसममा शहरदेखि गाउँसम्मका सडकमा हिलो हुनु सामान्य कुरा हो। तर,...

नाला पुल भाँचियो, राजधानी प्रवेश गर्ने वैकल्पिक सडक अवरुद्ध

नाला पुल भाँचियो, राजधानी प्रवेश गर्ने वैकल्पिक सडक अवरुद्ध

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका ४ र १ को सीमास्थलमा...

सार्वजनिक सवारीको यात्रालाई ‘डिजिटाइज्ड’ गर्दै बससेवा, नेपाल बाहिर समेत सेवा

सार्वजनिक सवारीको यात्रालाई ‘डिजिटाइज्ड’ गर्दै बससेवा, नेपाल बाहिर समेत सेवा

विश्व डिजिटाइजेसनको युगमा अघि बढ्दै गर्दा नेपाल भने उही पुरानै ढुंगे...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...