बजेट प्रभाव : टेस्लाको एउटै कारको मूल्यमा ३१ लाख रुपैयाँले कमी
काठमाडौं – बजेटमा घटाइएको करका कारण नेपाली बजारमा उपलब्ध टेस्लाका...
काठमाडौं– नेपालको प्रतिस्पर्धी विद्युतीय गाडीहरुको बजारमा हुन्डाई कोनाले आफनो पृथक पहिचानसहित दरिलो उपस्थिति जनाउँदै आइरहेको छ । नेपाली बजारमा इलेक्ट्रिक भर्सनमा आएको एसयूभीमा संभवतः पहिलो गाडी हुन्डाई कोना हो । सन् २०१९ देखि नेपाली बजारमा बिक्री सुरु भएको हुन्डाई कोना हालसम्म १ हजार भन्दा बढी बिक्री भएको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकिन्टनेन्टल प्रालिले जनाएको छ ।
२०१९ मा भारतबाट सुरु गरिएको ‘इमिशन इम्पोसिबल’ नामक मिशन अन्तर्गत कोना इलेक्ट्रिकले विश्वको सबैभन्दा अप्ठ्यारो भू–भागमा पर्फरमेन्स गर्दा कुनै सम्झौता नगरी ७ सय किलोमीटर को यात्रा १७ हजार फीटको उचाई र –१२ डिग्री को कठोर तापक्रम पार गर्दै सगरमाथाको आधार शिविर सम्म पुगेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गराउन सफल भएको थियो ।
यस अभियानमा कोना इलेक्ट्रीकले न्यून तापक्रम, निरन्तर हिमपात र बरफीलो परिस्थिति जस्तो कठोर मौसमी अवस्थामा उच्च प्रदर्शन गरेको थियो । नेपालमा सन् २०१९ मा पहिलो चोटी लन्च गरिएको कोना अहिले फेसलिफ्ट भर्सनमा उपलब्ध छ । आफ्नो आकर्षक बनोट, उत्कृष्ट परफर्मेन्स, भरपर्दो रेन्ज दिने ब्याट्री र रीसेल भ्यालुले गर्दा कोना नेपालकै अग्रणी विद्युतीय गाडीको रूपमा स्थापित भएको छ । ५ वर्ष सम्म बजारमा रहनु र धेरैको पहिलो रोजाइ बन्नुले यो एउटा सफल र सिद्ध विद्युतीय गाडी बन्न सफल भएको छ ।
बिक्रेता कम्पनी लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिलेले विद्युतीय गाडीलाई लक्षित गर्दै विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । सोही क्रममा कम्पनीले अघिल्ले वर्षको डिसेम्बर १२ देखि १६, मा ‘Be(v) The Change' अभियान अन्तर्गत अक्टोबर ६ देखि ८ गते सञ्चालन गरिएको ‘हुन्डाई फेस्टिभ कार्निवल’ मा हुन्डाईले हाई भोल्टेज ब्याट्री चेकअप क्याम्प आयोजना गरेको थियो । जसमा २०० भन्दा बढी सवारीधनी को ईभीमा परीक्षण गरिएको नतिजा अनुसार ४ वर्ष सम्म चलाइएका कोनाका ब्याट्रीको शक्ति ( SOC) ९५ प्रतिशत भन्दा बढी पाइएको थियो ।
सोही चेकअप क्याम्पमा सहभागी सिम्रिक एयरका पाइलट विमल श्रेष्ठले आफूले कोना रोज्नुको मुख्य कारण यसको विद्युतीय क्षमता, हुन्डाई ब्रान्ड प्रतिको विश्वास, ब्याट्रीको क्षमता र आकर्षक बनावट रहेको बताए । आफ्नो गाडीको ब्याट्रीको क्षमतामा सोचेभन्दा कम ह्रास आएकोमा खुसी जनाउँदै आफू कोनासँग सन्तुष्ट रहेको उनको भनाई थियो । आफ्नो विभिन्न यात्राखण्डमा कोना निकै भरपर्दो साबित रहेको समेत उनले बताए ।
विश्वव्यापी रूपमा निकै रुचाइएको कोना नेपाली बजारमा पनि धेरै रुचाइएको विद्युतीय गाडी हो । हुन्डाई कोनाले नेपालमा विद्युतीय गाडी प्रतिको सोच, क्षमता, यसको उपयोगितालाई नयाँ परिभाषा मात्र दिएको छैन, यसले स्थापना गरेको विद्युतीय गाडी प्रतिको विश्वास, आफ्नो सर्वाधिक रि– सेल भ्यालुबाट दोस्रो बजारमा समेत आफ्नो पहिचान मजबुत बनाएको छ ।
विश्वसनीयता प्रतिको प्रतिबध्दता हुण्डाईको आधारशिला हो र कोना इलेक्ट्रिक एउटा उदहारण हो जसले यो कुरालाई परिभाषित गर्दछ । यिनै कारणहरुले हुन्डाई कोनाले नेपाली अटोबजारमा आफ्नो साखलाई अझै मजबूत बनाउनुका साथै स्वच्छ वातावरण र पर्यावरणमैत्री साधन खोज्ने ग्राहकहरुको पहिलो रोजाइ बन्न सफल रहेको छ ।
काठमाडौं – बजेटमा घटाइएको करका कारण नेपाली बजारमा उपलब्ध टेस्लाका...
धेरै प्रतिष्ठित बाइक निर्माता कम्पनीहरु इलेक्ट्रिक स्कुटर उत्पादनमा...
वुलिङले नयाँ इलेक्ट्रिक सिटी कार वींगोलाई लन्च गरेको छ । यो नयाँ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...