३५ हजार सम्मले सस्तो भयो कोमाकी स्कुटर, यस्तो छ नयाँ मुल्य

काठमाडौं–कोमाकी ब्रान्डको इलेक्ट्रिक स्कुटर र मोटरसाइकलको मुल्य एकैपटक ३५ हजारसम्मले सस्तो भएको छ । नेपालका लागि आधिकारिक वितरक यूनिटी ट्रेडिङ कन्सर्नले विहिबार नयाँ मूल्य सुची सार्बजनिक गर्दै यसबारे जानकारी दिएको हो । कम्पनीका अनुसार अन्तराष्र्टिय बजारमा ब्याट्रीको मूल्य घटेकाले मूल्य समायोजन गरिएको हो ।

कम्पनीले सबैभन्दा बढी एलआई प्रिमियम स्कुटरमा ३५ हजारले कम गरेको छ । यसअघि ३ लाख ५९ हजार रुपैयाँ निर्धारण गरिएको यो स्कुटरको नयाँ मुल्य ३ लाख २४ हजार तोकिएको हो । यसैगरी सबैभन्दा कम एसई प्रो मोडलमा १५ हजार घटाइएको छ । यसअघि २ लाख ७४ हजार पर्ने स्कुटरलाई अव २ लाख ५९ हजार पर्ने उल्लेख छ ।

बाँकी मोडलमा एसई स्पोर्ट्समा ३० हजार एसई प्रोमा २० हजार, एसई प्रो डुअलमा २० हजार, फ्लोरामा ३० हजार, डीटी ३००० मा २१ हजार, भेनिसमा २० हजार र एकमात्र इलेक्ट्रिक मोटरसाइकल रेन्जरमा ३० हजार कम गरिएको छ ।

यी बाइकको नयाँ मुल्य क्रमशः ३ लाख १९ हजार, २ लाख ७९ हजार, ३ लाख ३९ हजार, २ लाख ३९ हजार, ३ लाख ९ हजार, ३ लाख २४ हजार र ४ लाख १९ हजार तोकिएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...