५० वर्ष पछि नयाँ इलेक्ट्रिक अवतारमा आउदै काइनेटिक लुना

सन् १९७२ मा लन्च गरिएको काइनेटिक ग्रुपको लोकप्रिय मोडल लुना मोपेड इलेक्ट्रिक भर्सनमा लन्च हुने भएको छ । सो मोपेडले २८ वर्षसम्म भारतीय बजारमा राज गरेको थियो । यसमा ५० सीसीको इन्जिन जडान गरिएको थियो ।

५० वर्ष अघि यसको बिक्री सबैभन्दा बढी थियो र हरेक दिन २ हजार युनिट बेचिन्थ्यो । कम्पनीले लुना मोपेड २ हजार भारु मूल्यमा लन्च गरेको थियो । यो भारतको लागि सबैभन्दा कुशल र सुविधाजनक यातायात मोडलको रूपमा चिनिन्थ्यो ।

नयाँ काइनेटिक लुना इलेक्ट्रिक मोपेडमा १ केडब्ल्यु पावर जेनेरेट गर्नका लागि लिथियम–आयोन ब्याट्री जडान गर्ने सम्भावना छ । सिंगल चार्जमा यसले ७० देखि ८० किमीको दुरी तय गर्ने अनुमान छ । यसको टप स्पिड २५ किमी प्रतिघन्टा हुनेछ ।

सो मोपेड ५० हजार भारु मूल्यमा लन्च गर्ने सम्भावना छ । यसमा इलेक्ट्रिक सेल्फ स्टार्ट, एलईडी हेडलाइट्स, डीआरएल, डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल र यूएसबी चार्जरका साथै अन्य धेरै विशेष फिचर समावेश गर्ने अनुमान गरिएको छ ।

कम्पनीले ई–लुनालाई चाँडै सार्वजनिक गर्ने जानकारी दिएको छ । यो जानकारी काइनेटिक इन्जिनियरिङद्वारा एक नियामक फाइलिङमा खुलासा गरिएको छ । लुनाको इलेक्ट्रिक मोडलका लागि चेसिस र अन्य एसेम्बली उत्पादन सुरु गरेको छ ।

कम्पनीले ई–लुनाका लागि मुख्य चेसिस, मेन स्ट्यान्ड, साइड स्ट्यान्ड र स्विङ आर्म सबै विकास गरेको छ र प्रति महिना ५ हजार युनिट उत्पादन गर्नेछ । कम्पनीले लुना मोपेड भारतको अहमदावादस्थित कारखानामा उत्पादन गर्नेछ ।

सम्बन्धित समाचारहरू

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...

जीहो स्कुटर किन्दा नगद छुट र वम्परमा एक जनालाई बाली भ्रमणको अवसर

जीहो स्कुटर किन्दा नगद छुट र वम्परमा एक जनालाई बाली भ्रमणको अवसर

काठमाडौं– सिएफमोटो र जिहो स्कुटरको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड...

२३ लाखमै पाइने भयो थप सुरक्षित हेनरी मिनीकार

२३ लाखमै पाइने भयो थप सुरक्षित हेनरी मिनीकार

काठमाडौं – भृकुटीमण्डपमा आज प्रारम्भ भएको ईभी एक्सपोमा हेनरीको मिनीकार...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...