नेपाल आउँदै अर्को चिनियाँ ईभी ब्रान्ड ‘स्मार्ट’, बिक्रेतामा सीजी मोटर्स नियुक्त
काठमाडौं– नेपाली अटो बजारमा अर्को नयाँ ईभी ब्रान्ड ‘स्मार्ट’ थप हुने भएको...
काठमाडौं – भृकुटीमण्डपमा आज प्रारम्भ भएको ईभी एक्सपोमा हेनरीको मिनीकार मोडल एच सार्वजनिक गरेको छ । नेपालका लागि आधिकारिक वितरक पायोनियर वर्ल्डवाइड प्रालिले सो मिनीकार नेपाली बजरमा बिक्री–वितरण गर्नेछ ।
नेपाली बजारमा पहिले नै उपलब्ध भए पनि अहिले थप सुरक्षा फिचरका साथ यो गाडी उपलब्ध भएको हो । ४ जना बस्न मिल्ने ५ ढोके सो मिनी कारको ग्राउन्ड क्लियरेन्स १६५ एमएम छ भने ह्विलबेस २४४० एमएम छ ।
३५ किलोवाटको मोटर र १६.५ किलोवाट आवरको लिथियम आयोन ब्याट्री भएको सो मिनी कारले सिंगल चार्जमा १८५ किलोमिटर रेन्ज दिने एनईडीसीले प्रमाणित गरेको छ ।
चिनियाँ कम्पनी डोङफेङ ग्रुप र निसान मोटर्सको संयुक्त लगानीमा निर्माण भएको कम्पनी हेनरीमा इलेक्ट्रिक पावर स्टेयरिङ, १० इन्च एलसीडी, म्यानुअल एसी, हिटर, पीयू लेदर सिट, पावर विन्डो रिभर्स क्यामेरा र पार्किङ सेन्सर, आल्मुनियम ह्विल, थ्री प्वाइन्ट बेल्ट, रिमोट सेन्ट्रल लक, कन्ट्रोल बटन, हिल होल्ड असिस्ट, एबीएस, ईबीडी, ईपीएस र इन्टिग्रेटेड डिजिटल इन्फोटेनमेन्ट लगायतका विभिन्न फिचर उपलब्ध छन् ।
यसमा डे टाइम रनिङ लाइट , एलइडी हेडलाइट, नयाँ टेललाइट जस्ता फिचर थप भएर आएको छ ।
सो कारको मूल्य २४ लाख ५० हजार रुपैयाँ भए पनि यसमा १ लाख ५० हजार छुट समेत उपलब्ध छ । यसका आधारमा यसको मूल्य हाल २३ लाख रुपैयाँ हुनेछ ।
काठमाडौं– नेपाली अटो बजारमा अर्को नयाँ ईभी ब्रान्ड ‘स्मार्ट’ थप हुने भएको...
काठमाडौं – नेपाल विद्युत प्रधिकरणले विद्युतीय सवारी चार्ज गर्न चार्जिङ...
काठमाडौं – नेपालका लागि दिपलको आधिकारिक वितरक एमएडब्लू वृद्धिले आफ्नो सफल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...