फोटोन मोटर्सले नेपाली बजारमा इलेक्ट्रिक भ्यान ल्याउँदै
काठमाडौं – फोटोन मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लु वृद्धि...
किया इन्डियाले आगामी २३ जुलाईमा आफ्नो नयाँ ईभी साइरोस लन्च गर्ने तयारी गरेको छ । किया क्यारेन्स क्लाभिस ईभीपछि भारतमै उत्पादन हुने कम्पनीको यो दोस्रो इलेक्ट्रिक मोडल हुनेछ।
रिपोर्टका अनुसार किया साइरोस ईभी २ वटा ब्याट्री विकल्पसहित बजारमा आउने सम्भावना छ। यसमा फ्रन्ट ह्विल ड्राइभ सेटअप हुनेछ, जसको फ्रन्टमा इलेक्ट्रिक मोटर जडान गरिनेछ। डिजाइनका हिसाबले यसको एक्सटेरियर पेट्रोल र डिजेल भर्सनको साइरोससँग धेरै हदसम्म मिल्दोजुल्दो हुने अपेक्षा गरिएको छ।
सो मोडलको एक्सटेरियरमा क्लोज्ड फ्रन्ट ग्रिल, नयाँ बम्पर, एयरोडायनामिक नयाँ अलोय ह्विल र विशेष ईभी ब्याजिङ जस्ता विशेषताहरु हुनेछ । साथै यसमा अग्लो रुफलाइन, बक्सी डिजाइन र व्यावहारिक क्याबिन लेआउट भने यथावत् हुनेछ । यसको डिजाइनमा कम्पनीको ग्लोबल ईभी–२ अवधारणाको झल्को पनि देखिन सक्ने अनुमान गरिएको छ।
किया साइरोस ईभीमा ड्युअल डिजिटल डिस्प्ले, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो, कनेक्टेड कार टेक्नोलोजी, भेन्टिलेटेड सिट, एम्बियन्ट लाइटिङ, प्रिमियम सिट अपहोल्स्ट्री र प्यानोरामिक सनरुफ जस्ता फिचर उपलब्ध हुनेछ । यसको टप भेरिएन्टमा रिजनेरेटिभ ब्रेकिङ सिस्टम, भेइकल टु लोड र भेइकल टु भेइकल प्रविधिसमेत समावेश हुने सम्भावना छ।
सेफ्टीका लागि यसमा ६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, ३६० डिग्री क्यामेरा, फ्रन्ट र रियर पार्किङ सेन्सर तथा लेभल–२ एडास जस्ता एड्भान्स सेफ्टी फिचर हुनेछ । किया साइरोस ईभी कम्पनीको के–१ प्लेटफर्मको परिमार्जित संस्करणमा आधारित हुनेछ।
नयाँ किया साइरोसमा ४२ किलोवाट आवर र ४९ किलोवाट आवरका २ ब्याट्री विकल्प उपलब्ध हुनेछ । यसले डीसी फास्ट चार्जिङ र एसी होम चार्जिङ दुवैलाई समर्थन गर्नेछ। ठुलो ब्याट्री भएको भेरिएन्टले फुल चार्जमा ४०० किलोमिटरभन्दा बढी रेन्ज प्रदान गर्ने अपेक्षा गरिएको छ।
किया साइरोस ईभीको प्रारम्भिक मूल्य १५ लाखदेखि २० लाख भारुबीच हुने अनुमान गरिएको छ। यसले टाटा नेक्सन ईभी, महिन्द्रा एक्सयूभी ३एक्सओ ईभी, एमजी विन्डसर ईभी र मारुती ई–भिटारासँग प्रतिस्पर्धा गर्नेछ ।
काठमाडौं – फोटोन मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लु वृद्धि...
काठमाडाैं – ब्राजिलका महान फुटबलर रोबर्टो कार्लोसको नेपाल भ्रमणलाई सहज...
टाटा मोटर्सले आफ्नो पोर्टफोलियो तीव्र गतिमा बढाउन थालेको छ । कम्पनीले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...