किया ईभी६ र ईभी९ ईभी सहित यी हुन् नेपाली बजारमा उपलब्ध कियाका गाडी (मूल्य सूची सहित)
काठमाडौं – नेपाली बजारमा कियाका विभिन्न सवारी साधनहरु कन्टिनेन्टल...
कियाले चाँडै नै भारतमा अर्को एसयूभी ल्याउने भएको छ । हालको लागि कम्पनीले यसको स्केच मात्र सार्वजनिक गरेको छ । कियाले सो एसयूभी किया २.० ब्यानर अन्तर्गत ल्याउन लागेको हो ।
कियाको नयाँ एसयूभीले डिजाइन, प्रविधि, स्पेस र सेफ्टीको हिसाबले नयाँ स्ट्यान्डर्ड तय गर्ने अपेक्षा गरिएको छ । साथै यसले भारतीय बजारमा एसयूभीको नयाँ रूप पनि ल्याउनेछ। कियाको नयाँ एसयूभीको डिजाइन ईभी९ र कार्निभल लिमोजिनबाट प्रेरित छ ।
कम्पनीले सार्वजनिक गरेको नयाँ एसयूभीको स्केचमा केही डिटेल्स पनि सार्वजनिक भएको छ । सो स्केचमा कार्निभलबाट प्रेरित ठाडो डीआरएल डिजाइनको साथ बक्सी सिल्हुट देख्न सकिन्छ । साथै यसमा फ्लश डोर ह्यान्डल र चंकी रूफ रेल सहितको घुमाउरो डोर प्यानल पनि देख्न सकिन्छ । यसको रियरमा एल आकारको टेलल्याम्प सेटअप देख्न सकिन्छ ।
कियाको सो नयाँ एसयूभीमा परम्परागत डिजाइनको सट्टा नयाँ स्टाइल दिइएको छ, जसमा एड्भान्स प्रविधि र उत्कृष्ट फिचर हुनेछ । साथै यसको क्याबिन पनि निकै आरामदायी हुनेछ । कम्पनीले सो एसयूभी भारतीय ग्राहकको आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरिएको बताएको छ ।
काठमाडौं – नेपाली बजारमा कियाका विभिन्न सवारी साधनहरु कन्टिनेन्टल...
के तपाई तत्काल सवारीसाधन खरिद गर्ने सोचाइमा हुनुहुन्छ ? त्यसो हो भने केही...
कोरियन अटो निर्माता कियाले भारतमा अर्को नयाँ एसयूभी ल्याउने तयारी थालेको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...